प्रदेश १ सरकारले आइसोलेशनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख

प्रदेश १ सरकारले आइसोलेशनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम उपलब्ध गराईएको प्रदेश सरकारले जनाएको छ । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही...
धनकुटाको चुङमाङ्गमा पहिरोले भत्कियो घर, परिवार बिस्थापित

धनकुटाको चुङमाङ्गमा पहिरोले भत्कियो घर, परिवार बिस्थापित

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ चुङमाङ्गस्थित लिसिम्बुमा पहिरोका कारण एउटा घर भत्किएको छ । अबिरल बर्षाका कारण मंगलबार राती घर मुनिबाट पहिरो जाँदा बीरबहादुर पुर्वछाने मगरको घर भत्किएको हो । मगरको घरसँगै रहेको भान्साकोठा पहिरोले बगाएको छ । घर पनि बस्न नहुँने अवस्थामा पुग्दा ६ जनाको परिवार बिस्थापित बनेको पाख्रीवास–९ का वडासदस्य सम्झना आलेले जानकारी दिईन् । उनका अनुसार पहिरोका कारण घर बस्...
संखुवासभामा श्रीमतीमाथि अन्धाधुन्ध खुकुरी प्रहार

संखुवासभामा श्रीमतीमाथि अन्धाधुन्ध खुकुरी प्रहार

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–२ कान्पुरमा श्रीमानले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा श्रीमती गंभीर घाईते भएकी छन् । कान्पुरका ६० बर्षीय धनबहादुर अधिकारीले आफ्नै श्रीमती ४२ बर्षीया लिलामायाँमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट लिलामायाँको टाउको, कोख, ढाड, नाडी र हत्केलामा गंभीर चोट लागेको स्थानीय शिक्षिका चन्द्रा कार्कीले संगालोखबरलाई जानकारी दिईन् । घाईतेको स्थानीय स्वास्थ्य ...
धनकुटा नगरमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय, आवतजावतमा प्रतिवन्ध लगाइने

धनकुटा नगरमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय, आवतजावतमा प्रतिवन्ध लगाइने

धनकुटा । धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातीदेखि लागु हुँने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीको अध्यक्षतामा हिजोसाँझ बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । आवतजावतमा प्रतिबन्ध लगाउँन धनकुटा नगरपालिकाको वडा नं.१, ३, ४, ५, ६ र ७ मा साउन २९ गते (आज) राती १२ बजेदेखि भदौं ४ गते राती १२ बज...
२०७७ साउन २९ गते बिहिबार/आजको राशिफल

२०७७ साउन २९ गते बिहिबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७७ साल साउन २९ गते बिहिबार ई. सं. २०२० अगस्त १३, नेपाल सम्बत ११४० गुंलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण नवमी चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ६:४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको या...
सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । अर्को सूचाना जारी नभएसम्मका लागि भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पास वितरण बन्द गर्न निर्देशन दिएको हो । बिहिबारदेखि सवारी पास वितरण रोक्नका लागि गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्रसमेत गरिसकेको छ । ‘मन्त्रिपरिषद्का विभिन्न मितिमा भएक...
धनकुटा नगरपालिका, वडा र सेवा केन्द्रबाट अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा नगरपालिका, वडा र सेवा केन्द्रबाट अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा । धनकुटा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा सेवा केन्द्रबाट सात दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । धनकुटा नगरपालिका कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले भोलिदेखि आगामी बुधबारसम्म नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय तथा सेवा केन्द्रहरुबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितको कन्ट्राक्ट ट्रेसिङमा समुदायमा अत...
प्रदेश १ मा एकैदिन १ हजार ९ सयको कोरोना परीक्षण

प्रदेश १ मा एकैदिन १ हजार ९ सयको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा बुधबार एकैदिन १ हजार ९ सय जनाको कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कमा अनुसार १ हजार ८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ४८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको क...
धनकुटाको गुठिटारमा पहिरोले पुर्यो घर, बालिका घाइते

धनकुटाको गुठिटारमा पहिरोले पुर्यो घर, बालिका घाइते

धनकुटा ।  धनकुटा नगरपालिका–९ गुठिटारमा आज बिहान पहिरोले एउटा घर पुरेको छ । बर्षाका कारण बिहान करिब ४ बजे घर माथिबाट खसेको पहिरोले गुठिटारका हेमकुमार राईको घर पुरेको हो । पहिरोले पुर्दा एक तले घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । माथ्लोपट्टीबाट पहिरोले थिच्दा घर लडेको छ । पहिरोका कारण करिब ४ लाख बराबरको क्षति भएको प्रह...
मोरङ, सुनसरी र झापामा थपिए ४७ कोरोना संक्रमित

मोरङ, सुनसरी र झापामा थपिए ४७ कोरोना संक्रमित

बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा बुधबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका २४, सुनसरीका १४ र झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङको बिराटनगरका १२ पुरुष, रंगेलीका ६ पुरुष र ३ महिला र गुलुमका २ पुरुष र ववियाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहबीका ३ पुरुष र कोशीका २ पुरुषमा कोरोना संक्...
जन्तीको हत्यामा संलग्न दुई जना १३ बर्षपछि पक्राउ

जन्तीको हत्यामा संलग्न दुई जना १३ बर्षपछि पक्राउ

सुनसरी । सुनसरीको चाँदबेलामा बिबाहमा जन्ती आएका एक जनालाई छुरा प्रहार गरेर हत्या गर्ने दुई जनालाई सुनसरी प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरी र ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा छन् । प्रहरीका अनुसार उनीहरुले २०६४ बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएका एकम्बाका सुनेर कुमार ठाकुरमाथि छुरा प्रहार गरेका थिए । विवाहमण्डपमा स्वयंवरका बेला अगा...
झापाबाट १९ लाखको अबैध औषधी र कपडा बरामद

झापाबाट १९ लाखको अबैध औषधी र कपडा बरामद

झापा । झापाको मेचीनगरबाट गएराती १९ लाख बराबरको अबैध औषधी र कपडा बरामद भएको छ । मेचीनगर नगरपालिकाका बिभिन्न स्थानबाट अबैध सामान बरामद भएको प्रहरीले जनाएको छ । गएराती करिव १ बजे भारतबाट नेपालतर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी र कुर्ता सुरुवाल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद भएको औषधी तथा कपडा आवश्यक कारवाहीका लागि मेची ...
संखुवासभामा ढुङ्गा झरेर स्काभेटर किच्दा चालकको मृत्यु

संखुवासभामा ढुङ्गा झरेर स्काभेटर किच्दा चालकको मृत्यु

संखुवासभा । संखुवासभामा ढुङ्गा झरेर स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ गोगनेमा ढुङ्गाले स्काभेटर किच्दा मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का ३१ बर्षीय स्काभेटर चालक हर्क बहादुर तामाङको मृत्यु भएको हो । मंगलवार दिउँसो करिव दुई बजे रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि.द्वारा संचालित बा.२ क. ५४०८ नम्बरको स्काईभेटरलाई निर्माणाधिन सडकमा सोलिङ गर्न ढुङ्गा फुटाउने क्रममा माथिब...
धनकुटाको पाख्रीबासका राई गाँजासहित पक्राउ

धनकुटाको पाख्रीबासका राई गाँजासहित पक्राउ

सुनसरी । धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगाका सन्दिप राई धरानबाट गाँजासहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट २९ बर्षीय राईलाई प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको कारोबारका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ...
सुनको मूल्य ६ हजार घट्यो

सुनको मूल्य ६ हजार घट्यो

काठमाडौं । आज सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय पुगेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । मंगलबार १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी २ सय २५ रुपैयाँले घटेर आज १२ सय १० रुपैयाँमा झरेको छ।
धनकुटाका प्रदेश सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटाका प्रदेश सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम कुमारी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसद श्रेष्ठसहित उनका श्रीमान नयनमा पनि कोरोना संक्रमण देखिएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा आज कोरोना संक्रमण पुष्टि भएको हो । इटहरी बस्दै आएकी सांसद श्रेष्ठ, उनका श्रीमान र सवारी चालकले गत शनिबार धरान–१५ मा स्वाब दिएका ...
२०७७ साउन २८ गते बुधबार/आजको राशिफल

२०७७ साउन २८ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २८ गते बुधबार ई. सं. २०२० अगस्त १२, नेपाल सम्बत ११४० गुंलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण अष्टमी चन्द्रमा मेष राशिमा, कृतिका नक्षत्र, वृद्धि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ६:४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसक...
बिराटनगरमा एकैदिन ५० जनासहित प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

बिराटनगरमा एकैदिन ५० जनासहित प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । बिगत २४ घण्टाको अवधिमा मोरङ, सुनसरी, झापा, ईलाम, ताप्लेजुङ र उदयपुरका ३४ महिला र ६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना तथा ईलाम र ताप्लेजुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसअनुसर मोरङको बिराटनगरका २१ महिला...
बीपी प्रतिष्ठानको ओपीडी बन्द

बीपी प्रतिष्ठानको ओपीडी बन्द

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपीडी भोली (बुधबार) देखि बन्द हुँने भएको छ । प्रतिष्ठानले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । कोरोना संक्रमण फैलिएका कारण स्थानीय सरकारले ७ दिनका लागि लकडाउन गरेको र प्रतिष्ठान भित्र पनि कोरोना फैलिएकाले ओपीडी बन्द गर्नु परेको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.बिकास ...
दमकमा करेन्ट लागेर एक जनाको मृत्यु

दमकमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको दमकमा करेन्ट लागेर गएराती एक जनाको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा ईलामको साक्फारा घर भई दमक–१ मा डेरा गरेर बस्दै आएका २८ बर्षीय रोशन तामाङको मृत्यु भएको हो । राती करिब ९ बजे घर नजिकै खेतमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका तामाङलाई उपचारका लागि दमकस्थित एडभान्स अस्पताल लगिएको थियो । उपचारकै क...
अन्तरजिल्ला यातायात र हवाई उडान भदौ १६ देखि मात्रै खुल्ने

अन्तरजिल्ला यातायात र हवाई उडान भदौ १६ देखि मात्रै खुल्ने

काठमाडौं । अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ देखि मात्रै खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ बाट खुल्ने भनिएका क्षेत्रलाई १५ दिन पछि सार्ने निर्णय गरेको हो । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तरजिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायत गतिविधि भदौ १ देखि खोल्ने निर्णय गरेको थिय...
२०७७ साउन २७ गते मंगलबार/आजको राशिफल

२०७७ साउन २७ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २७ गते मंगलबार ई. सं. २०२० अगस्त ११, नेपाल सम्बत ११४० गुंलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण सप्तमी चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३३ बजे, सूर्यास्त साँझ ६:४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात...
धनकुटामा मलामी गएका युवालाई तमोरले बगायो

धनकुटामा मलामी गएका युवालाई तमोरले बगायो

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङका महेन्द्र याखालाई आज तमोर नदीले बगाएको छ । हंसमोरङस्थित तमोर नदीमा छिमेकीको मलामी गएका बेला नुहाउँने क्रममा ३३ बर्षीय याखालाई नदीले बगाएको हो । चौबिसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानकी ८२ वर्षीया आमाको गएराति निधन भएको थियो । उनको अन्त्येष्टिका लागि याखा पनि त्रिवेणीघाटमा मलामी गएका थिए । सोही क्रममा नदीमा नुहाउँन पस्दा दिउँसो करिब ३ बजे उ...
धनकुटामा बिद्युत अनियमित हुँदा उपभोक्ता आक्रोशित, प्राधिकरणलाई बुझाए ध्यानाकर्षण पत्र

धनकुटामा बिद्युत अनियमित हुँदा उपभोक्ता आक्रोशित, प्राधिकरणलाई बुझाए ध्यानाकर्षण पत्र

धनकुटा । धनकुटामा बिद्युत अनियमित भएपछि आक्रोशित उपभोक्ताहरुले आज बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिद्युत प्राधिकरणको लापरबाहीका कारण बत्ती नियमित नआएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुले प्राधिकरणको कार्यालयमा पुगेर बत्ती नियमित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नागरिक समाज धनकुटाको अगुवाईमा धनकुटा बसपार्कमा भेला भएका उपभोक्ताहरुले जिरोपईन्टस्थित बिद्युत प्राध...
प्रदेश १ का पाँच जिल्लामा थपिए ४१ कोरोना संक्रमित

प्रदेश १ का पाँच जिल्लामा थपिए ४१ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का पाँच जिल्लामा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा र खोटाङका ६ महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङका १६ जना, सुनसरीका १४ जना, झापाका ९ जना तथा धनकुटाका र खोटाङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बिराटनगरका १ महिला र ८ पुरुष, धनपालथानका १ महिला र २ पुरुष, सुन्दरहरैंचाक...
मास्क नलगाउँने देशभरका करिब चार लाख जनालाई कारबाही

मास्क नलगाउँने देशभरका करिब चार लाख जनालाई कारबाही

काठमाडौं । सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवानासमेत गरेको हो । अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करिब १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता ...
धनकुटाका थप एक जनामा कोरोना संक्रमण

धनकुटाका थप एक जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–२ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए । केही दिन अघि कुवेतबाट आएका उनी औद्योगिक ग्राममा निर्माण गरिएको क्वारेनटाईनमा ...
माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

मोरङ । मोरङको पथरी शनिश्चरेमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय डाँस खोलामा माछा मार्ने क्रममा डुब्दा पथरीशनिश्चरे–१० का ६३ बर्षीय डम्बरसिंह राईको मृत्यु भएको हो । आईतवार साँझ सवा ६ बजे माछा मार्ने क्रममा खोलामा डुब्दा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
२०७७ साउन २६ गते सोमबार/आजको राशिफल

२०७७ साउन २६ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २६ गते सोमबार ई. सं. २०२० अगस्त १०, नेपाल सम्बत ११४० गुंलागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण षष्ठी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३२ बजे, सूर्यास्त साँझ ६: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुन...
धनकुटामा आदिवासी दिवस : अधिकारका लागि एकताबद्ध हुनुपर्नेमा जोड

धनकुटामा आदिवासी दिवस : अधिकारका लागि एकताबद्ध हुनुपर्नेमा जोड

धनकुटा । धनकुटामा आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अधिकार प्राप्तीका लागि आदिवासी जनजातिहरु संगठित र एकतावद्ध हुनुपर्ने आवश्यकता औल्याएका छन् । २६ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ धनकुटाले आयोजना गरेको ‘आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रममा पूर्व सांसद एवं जनजाति मह...
प्रदेश १ मा थपिए ४० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४० कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का तीन जिल्लामा आईतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी र झापामा १३ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये मोरङका २९ जना, सुनसरीका ६ जना र झापाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङ जिल्लामा थपिएका २९ जना नै संक्रमित बिराटनगरका हुन् । बिराटनगरका १० महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
error: Content is protected !!