- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको दमकमा करेन्ट लागेर गएराती एक जनाको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा ईलामको साक्फारा घर भई दमक–१ मा डेरा गरेर बस्दै आएका २८ बर्षीय रोशन तामाङको मृत्यु भएको हो ।

राती करिब ९ बजे घर नजिकै खेतमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका तामाङलाई उपचारका लागि दमकस्थित एडभान्स अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा राती करिब १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!