- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङका महेन्द्र याखालाई आज तमोर नदीले बगाएको छ । हंसमोरङस्थित तमोर नदीमा छिमेकीको मलामी गएका बेला नुहाउँने क्रममा ३३ बर्षीय याखालाई नदीले बगाएको हो ।

Advertisement

चौबिसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानकी ८२ वर्षीया आमाको गएराति निधन भएको थियो । उनको अन्त्येष्टिका लागि याखा पनि त्रिवेणीघाटमा मलामी गएका थिए । सोही क्रममा नदीमा नुहाउँन पस्दा दिउँसो करिब ३ बजे उनलाई तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनाको जानकारी पाएपछि मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट, मुलघाट प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प मुलघाटबाट प्रहरी टोली घटनास्थल गएको छ । आफन्त, स्थानीयबासी र प्रहरीले बेपत्ता याखाको खोजी गरिरहेको भएपनि हालसम्म फेला नपरेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!