संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–२ कान्पुरमा श्रीमानले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा श्रीमती गंभीर घाईते भएकी छन् । कान्पुरका ६० बर्षीय धनबहादुर अधिकारीले आफ्नै श्रीमती ४२ बर्षीया लिलामायाँमाथि खुकुरी प्रहार गरेका हुन् ।

Advertisement

खुकुरी प्रहारबाट लिलामायाँको टाउको, कोख, ढाड, नाडी र हत्केलामा गंभीर चोट लागेको स्थानीय शिक्षिका चन्द्रा कार्कीले संगालोखबरलाई जानकारी दिईन् । घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँन नसकेपछि थप उपचारका लागि तेह्रथुम जिल्ला अस्पताल पठाईएको छ ।

श्रीमान–श्रीमतीबीच केही दिन यता विवाद भईरहेको थियो । विवादको कारण भने खुलेको छैन । सोही क्रममा माधक पदार्थ सेवन गरेका धनबहादुरले बुढीलाई पनि मार्छु, म पनि मर्छु भन्दै अन्धाधुन्ध खुकुरी प्रहार गरेको बताईएको छ । खुकुरी प्रहार गर्ने धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!