- संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । बिगत २४ घण्टाको अवधिमा मोरङ, सुनसरी, झापा, ईलाम, ताप्लेजुङ र उदयपुरका ३४ महिला र ६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना तथा ईलाम र ताप्लेजुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसअनुसर मोरङको बिराटनगरका २१ महिला र २९ पुरुष, बुढिगंगाका १० पुरुष र बेलबारीका १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरीको धरानका २ महिला र २ पुरुष, दहबीका २ महिला र ५ पुरुष, देबान्गन्जका ३ पुरुष तथा हरिनगर र इनरुवाका एक÷एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सुनसरीका एक महिला र एक पुरुषको ठेगाना खुल्न बाँकी छ ।

त्यस्तैगरी उदयपुरको बेलकाका ४ महिला र ३ पुरुष तथा त्रियुगाका ३ महिला र ५ पुरुषमा कोरोना संक्रमण पत्ता लागेको छ । यता, झापाको मेचिनगरका १ महिला र १ पुरुष, ईलामको सुर्योदयका १ पुरुष र ताप्लेजुङको फुङलिङका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!