- संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का पाँच जिल्लामा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा र खोटाङका ६ महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङका १६ जना, सुनसरीका १४ जना, झापाका ९ जना तथा धनकुटाका र खोटाङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बिराटनगरका १ महिला र ८ पुरुष, धनपालथानका १ महिला र २ पुरुष, सुन्दरहरैंचाका ३ पुरुष र पथरीका १ पुरुषमा कोरोना संक्रमण पत्ता लागेको छ ।

त्यस्तै सुनसरीको धरानका दुई महिला र ७ पुरुष, ईटहरीका १ पुरुष र रामधुनीका ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै झापाको भद्रपुरका १ महिला र २ पुरुष, गौरादहका ५ पुरुष र कमल गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यता, धनकुटा नगरपालिकाका–२ का १ पुरुष र खोटाङको लिप्रुङ्ग चुङचुम्माका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!