संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको चाँदबेलामा बिबाहमा जन्ती आएका एक जनालाई छुरा प्रहार गरेर हत्या गर्ने दुई जनालाई सुनसरी प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरी र ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा छन् ।

Advertisement

प्रहरीका अनुसार उनीहरुले २०६४ बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएका एकम्बाका सुनेर कुमार ठाकुरमाथि छुरा प्रहार गरेका थिए । विवाहमण्डपमा स्वयंवरका बेला अगाडी उभिएको निहुँमा उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारका क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटनापछि उनीहरु फरार थिए । सुनसरी जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गर्दै चौधरीलाई २१ बर्ष ६ महिना कैद सजाय र शेर्पालाई २० बर्ष कैद सजाय सुनाएको थियो । घटना भएको १३ बर्षपछि उनीहरुलाई गत सोमबार प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई रामधुनी नगरपालिका–६ बाट र चौधरीलाई ईनरुवा नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद भुक्तानका लागि झुम्का कारागार लागिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!