गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा बिद्युत अनियमित भएपछि आक्रोशित उपभोक्ताहरुले आज बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिद्युत प्राधिकरणको लापरबाहीका कारण बत्ती नियमित नआएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुले प्राधिकरणको कार्यालयमा पुगेर बत्ती नियमित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Advertisement

नागरिक समाज धनकुटाको अगुवाईमा धनकुटा बसपार्कमा भेला भएका उपभोक्ताहरुले जिरोपईन्टस्थित बिद्युत प्राधिकरणको बितरण केन्द्र पुगेर केन्द्रका प्रमुख दिपक सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बत्ती नियमित नआउँदा उपभोक्ताहरु मारमा परेकाले नियमित बत्ती आउँने व्यवस्था मिलाउँन मागसहित ध्यानाकर्षण पत्र बुझाईएको नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । ‘अहिले धनकुटामा धेरै समय बत्ती नआउँने र आएपछि पनि केही छिनमै गईहाल्ने समस्या छ ।’ संगालोखबरसँग श्रेष्ठले भने–‘तीन महिना अघिदेखि सुरु भएको बत्तीको समस्या अझै समाधान नभएपछि प्राधिकरणलाई ध्यानाकर्षण गराएका हौं । अब पनि समस्या समाधान भएन भने कडा कदम चाल्ने योजनामा छौं ।’

प्राधिकरणलाई बुझाईएको ध्यानाकर्षण पत्रमा पनि उपभोक्ताको आवाजलाई बेवास्ता गरेमा कडा अभियान चाल्ने चेतावनी दिईएको छ ।

यता, बिद्युत प्राधिकरण बितरण केन्द्र धनकुटाका प्रमुख सापकोटाले धरान–धनकुटाको बिद्युत तार पुरानो तथा क्षमता कम भएकाले र हावाहुरीका कारण बिद्युत लाईनमा क्षति पुगेकाले बिद्युत अनियमित भएको बताए । उनले बिद्युतको आन्तरिक समस्या जतिसक्दो चाडो समाधान गरेर नियमित बिद्युत आउँने बातावरण मिलाउँन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!