संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको पथरी शनिश्चरेमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय डाँस खोलामा माछा मार्ने क्रममा डुब्दा पथरीशनिश्चरे–१० का ६३ बर्षीय डम्बरसिंह राईको मृत्यु भएको हो ।

आईतवार साँझ सवा ६ बजे माछा मार्ने क्रममा खोलामा डुब्दा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!