- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार एकैदिन १ हजार ९ सय जनाको कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कमा अनुसार १ हजार ८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ ।

Advertisement

परीक्षण गरिएका मध्ये ४८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ ।

अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट भएको हो । हालसम्म प्रदेश १ मा १ हजार ६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् ।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!