एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ परीक्षार्थीको परीक्षाफल सोमबारसाँझ सार्वजनिक गरेको हो । गत चैत ६ गते तोकिएको एसईई कोरोना भाईसरको संक्रमण फैलनसक्ने जोखिमका कारण स्थगित गरिएको थियो । त्यसपछि कोरोना संक्रमण झन–झन फैलदै गएर तत्काल परीक्षा गर्नसक्ने अवस्था नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वज...
तेह्रथुममा ट्याक्सीले किच्दा युवकको मृत्यु, बच्नलाई हुटबाट हाम्फाल्दा गयो ज्यान

तेह्रथुममा ट्याक्सीले किच्दा युवकको मृत्यु, बच्नलाई हुटबाट हाम्फाल्दा गयो ज्यान

तेह्रथुम । तेह्रथुमको आठराईमा आज बिहान ट्याक्सीले किच्दा एक युवकको मृत्यु भएको छ । आठराई–३, ह्वाकू हाँगेक्पामा बिहान करिब ९ बजे ट्याक्सीले किच्दा निघुरादिनका १७ वर्षीय रविन तामाङको मृत्यु भएको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनबाट आठराई संक्रान्तिबजार जाँदै गरेको मे.१ ज.४२६ नम्बरको ट्याक्सीले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहर...
प्रदेशबाटै पत्रकारको प्रेस पास नविकरण हुने

प्रदेशबाटै पत्रकारको प्रेस पास नविकरण हुने

काठमाडौं । प्रदेश राजधानीहरुमा रहेका हुलाक कार्यालयबाटै पत्रकारहरुको प्रेस पास नबिकरण हुने भएको छ । प्रदेश राजधानीहरुमा रहेका हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण हुने भएको हो । सूचना तथा प्रशारण बिभागबाट नबिकरण हुदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र कोरोना संक्रमणले सृजना भएको असहज अवस्थाका कारण प्रदेशबाटै नविकरण गर्ने व्यवस्था मिलाईएको सूचना तथा प्रशा...
‘सडक २’ ट्रेलर : विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा

‘सडक २’ ट्रेलर : विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा

एजेन्सी । बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ । उक्त फिल्मको ट्रेलरमा अहिलेसम्म १.१ करोडभन्दा बढी डिसलाइक आइसकेको छ । यसअघि विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमध्येमा दोस्रो नम्बरमा पप स्टार जस्टिन बीबरको थियो । उनको सन् २०१० मा आएको ‘बेबी’ गीतमा १.१६...
बिराटनगरमा कोरोनाको त्रास: कालगतिले मर्दा पनि कोही आएनन् मलामी

बिराटनगरमा कोरोनाको त्रास: कालगतिले मर्दा पनि कोही आएनन् मलामी

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्। घरबाट शव उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ। कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा...
२०७७ भदौ १ गते सोमबार/आजको राशिफल

२०७७ भदौ १ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल भदौ १ गते सोमबार ई. सं. २०२० अगस्त १७, नेपाल सम्बत ११४० गुंलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी चन्द्रमा कर्कट राशिमा, पूनर्वसु नक्षत्र, सिद्धि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६:४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा ह...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँका दरले मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार मुल्य समायोजना गरिएको निगमले जनाएको छ । मुल्य बृद्धि भएसँगै अब डिजेल र मेटितेलको मूल्य प्रतिलिटर ९१ र पेट्रोलको मुल्य १०५ रुपैयाँ पुगेको छ ।
प्रदेश १ का १०१ जनामा कोरोना संक्रमण पुष्टि, बिराटनगरमा एकैदिन थपिए ८६ संक्रमित

प्रदेश १ का १०१ जनामा कोरोना संक्रमण पुष्टि, बिराटनगरमा एकैदिन थपिए ८६ संक्रमित

बिराटनगर । प्रदेश १ का चार जिल्लामा आईतबार १०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, इलाम र खोटाङका ३३ महिला र ६८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये आईतबार मोरङ जिल्लामा सबैभन्दा बढी ९२ संक्रमित थपिएका छन् । मोरङको बिराटनगरमा मात्रै एकैदिन ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरका ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको बुढिगंगाका ३ पुरुष, धनप...
बिराटनगरमा पोखरीमा डुबेर बालकको मृत्यु

बिराटनगरमा पोखरीमा डुबेर बालकको मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका–१४ मा आज पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय माई पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बिराटनगर–१५ का १६ बर्षीय बिशाल चौधरीको मृत्यु भएको हो । उनी बिहान करिब ९ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे पोखरीमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
धनकुटाको रुद्रबारीमा भासियो सडक, कोशी राजमार्गमा यातायात आवतजावतमा जोखिम

धनकुटाको रुद्रबारीमा भासियो सडक, कोशी राजमार्गमा यातायात आवतजावतमा जोखिम

धनकुटा । धनकुटाको रुद्रबारी–गुठिटार सडक खण्डको खुरिलामा सडक भासिदा कोशी राजमार्गमा सवारी आवतजावतमा जोखिम बढेको छ । राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा–९ खुरिलामा करिब १ सय मिटर सडक भासिएको हो । सडक भासिएपछि ह्याबी गाडी आवातजावतमा जोखिम भएको छ । तर, जोखिम बढेपनि सडक मर्मतमा सडक डिभिजन कार्यालयले चासो नदिएको स्थानीयबासीले गुनासो गरेका छन् । हजारौं सवारी साधन गुड्ने सडकमा एक हप्तादेखि स...
धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगरको तीनपैनीकी ५० बर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक ज्वरो, खोकी र श्वासप्रस्वासमा समस्या भएकी उनलाई बिराटनगरको न्यूरो अस्पतालले रेफर गरेर धरान पठाएको थियो । उनलाई दिर्घकालिन रुपमा फोक्सो, थैरोईड र मुटुको समस्यासमेत थियो । मुटुको समस्याको दिल...
भोजपुरमा रुद्राक्षको फल नलाग्दै फूल झर्न थालेपछि किसान चिन्तित

भोजपुरमा रुद्राक्षको फल नलाग्दै फूल झर्न थालेपछि किसान चिन्तित

भोजपुर । अत्याधिक वर्षाका कारण रुद्राक्षको बोटमा फल लाग्न नपाउँदै फूल झर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । वर्षाका कारण फल नलाग्दै फूल कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । पछिल्लो समय भाेजपुरकाे अर्थतन्त्रमा टेवा दिइरहेको रुद्राक्षको उत्पादन यस वर्ष भने खस्किने देखिएकाे छ । छिमेकी देश चीन, भारतलगायत अरु देशमा निर्यात हुने रुद्राक्ष बजारको माग अनुरुप बनाउन कृषकहरुले लाखौँ खर्च गरेर विष...
लोकसेवाको विश्वसनीयतामाथि प्रश्न: विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

लोकसेवाको विश्वसनीयतामाथि प्रश्न: विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो । लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवे...
अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले लिए सन्यास

काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । धोनीले शनिबार साँझ इन्स्टाग्राममा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ः२९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ उनले कुन फर्म्याटबाट सन्यास लिएको भन्ने नखुलाएपनि भारतीय सञ्चारमाध्य...
२०७७ साउन ३२ गते आइतबार/आजको राशिफल

२०७७ साउन ३२ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन ३२ गते आइतबार ई. सं. २०२० अगस्त १६, नेपाल सम्बत ११४० गुंलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्धादशी चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वज्र योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६:४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात...
संखुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

संखुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । संखुवासभालाई केन्द्रविन्दु बनाएर आज अपरान्ह भूकम्प गएको छ । अपरान्ह ४ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । संखुवासभाको थुदामलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रदेश १ का थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । प्रदेश १ का थप ८६ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुँनेमा ३२ महिला र ५४ पुरुष छन् । मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर र ओखलढुंगामा संक्रमित थपिएका हुन् । मोरङका ६४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये बिराटनगरमा मात्रै १९ महिला र २१ पुरुष गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रंगेलीका ३ महिला र ६ पुरुष, बुढिगंगाका १ महिला र १ पुरुष, धनपालथानक...
पाँच दिनमै निर्माण भयो १२० श्ययाको आइसोलेसन वार्ड

पाँच दिनमै निर्माण भयो १२० श्ययाको आइसोलेसन वार्ड

काठमाडौं । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो । केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासम...
ढोकाले किच्दा बालिकाको मृत्यु

ढोकाले किच्दा बालिकाको मृत्यु

झापा ।  बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल  रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र...
धरानको जंगलमा ५२ बर्षीया महिलालाई खुकुरी देखाएर बलात्कार गरी गहना लुटपाट

धरानको जंगलमा ५२ बर्षीया महिलालाई खुकुरी देखाएर बलात्कार गरी गहना लुटपाट

धरान । धरान–१७ स्थित उदय सामुदायिक बनमा ५२ बर्षीया महिला बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो करिब १२ बजे बनमा निगुरो पिप्न गएकी महिला बलात्कृत भएकी हुन् । उनलाई खुकुरी देखाएर जबरजस्ती करणी गरी गहनासमेत लुटपाट गरेको आरोपमा धरान–१७ का ३३ बर्षीय तेजकुमार धामीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेकी थिईन् । तेजकुमारले ती महिलालाई जंगलमा ख...
दुई अर्ब घट्यो टेलिकमको आम्दानी

दुई अर्ब घट्यो टेलिकमको आम्दानी

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ । प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीब...
२०७७ साउन ३१ गते शनिबार/आजको राशिफल

२०७७ साउन ३१ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन ३१ गते शनिबार ई. सं. २०२० अगस्त १५, नेपाल सम्बत ११४० गुंलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण एकादशी चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः३५ बजे, सूर्यास्त साँझ ६:४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशा...
प्रदेश १ का तीन जिल्लामा थपिए ९३ कोरोना संक्रमित

प्रदेश १ का तीन जिल्लामा थपिए ९३ कोरोना संक्रमित

बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा शुक्रबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी र झापाका २८ महिला र ६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङमा २२ महिला र ४० पुरुषमा कोरोना संक्रमण देखिएको छ । मोरङको बिराटनगरमा १३ महिला र २० पुरुष, रंगेलीमा ९ महिला र १९ पुरुष र सुन्दरहरैंचामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीमा ४ महिल...
सिन्धुपाल्चोकमा पहिरोले पुर्दा ३८ जना बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले पुर्दा ३८ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज बिहान पहिरो जाँदा ३८ जना बेपत्ता भएका छन् । ८ जना गंभीर घाईते भएका छन् । बिहान करिब ६ बजे गएको पहिरोले ३७ घर पुरेको छ । क्षतिको विरण आउँने क्रम जारी छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयबासीले उद्धारको काम गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटा पनि घटनास्थल पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमा सापकोटा लिदी गएका हुन् ।
बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । बिराटनगरको कोशी अस्पतालको आईसोलेसनमा गएराती कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका सिराहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा श्वासप्रश्वास, निमोनिया र शरिरमा रगतको कमी देखिएको थियो । बिहिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएका उनको राती करिब ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । योसँगै मोरङ जिल्लामा कोरोना...
सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

काठमाडौं : घटना : १ परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए। हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले ...
ओली-दाहाल छलफल समाधान उन्मुख

ओली-दाहाल छलफल समाधान उन्मुख

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् । ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह गरेका थिए । ओलीले त्यस्तो आग्रह गरेको भोलिपल्टै लामो समयदेखि अवरुद्ध ...
२०७७ साउन ३० गते शुक्रबार/आजको राशिफल

२०७७ साउन ३० गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन ३० गते शुक्रबार ई. सं. २०२० अगस्त १४, नेपाल सम्बत ११४० गुंलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण दशमी चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, व्यागात योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः३५ बजे, सूर्यास्त साँझ ६:४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको ...
बिराटनगरमा एक साता थपियो लकडाउन

बिराटनगरमा एक साता थपियो लकडाउन

बिराटनगर । बिराटनगर महानगरपालिकामा एक साता लकडाउन थपिएको छ । बिराटनगर महानगरपालिकाले भदौ ५ गतेसम्मका लागि लकडाउन थपेको हो । यसअघि साउन १६ गतेदेखि ३० गतेसम्म दुई साताका लागि लकडाउन घोषणा गरिएको थियो । तर, कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएर बढ्दै गएपछि बिराटनगर महानगरपालिकाले एक साताका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन थप गरिएको महानगरपालि...
बेलबारीका लिम्बुले अस्वीकार गरे पार्टीले दिएको पद

बेलबारीका लिम्बुले अस्वीकार गरे पार्टीले दिएको पद

मोरङ । नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बुले पार्टीको केन्द्रिय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पद अस्वीकार गरेका छन् । काँग्रेसले सोमबार लिम्बुलाई बिभागको सदस्य पदमा मनोनयन गरेको थियो । तर, उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पद अस्वीकार गरेको घोषणा गरेका हुन् । ‘देश यतिबेला कोरोना भाईरस (कोभिड १९) को महामारीको सामना गरिरहेको छ । नागरिकहरु भय र त्रासमा बाँच्न बिवश ...
प्रदेश १ का थप ११३ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ११३ जनामा कोरोना संक्रमण

विराटनगर । बिहिबार प्रदेश १ का पाँच जिल्लामा ११३ कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, ईलाम र उदयपुरका ३० महिला र ८३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङका ८८ जना, सुनसरीका १९ जना, ईलामका ४ जना तथा उदयपुर र झापाका एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । मोरङको बिराटनगरका २२ महिला र ३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बुढिगंगाका २५ ...
error: Content is protected !!