- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–२ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए ।

केही दिन अघि कुवेतबाट आएका उनी औद्योगिक ग्राममा निर्माण गरिएको क्वारेनटाईनमा छन् । उनीसँगै क्वारेनटाईनमा रहेका र कन्ट्राक्ट ट्रेसिङमा परेका ३८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएको थियो । बाँकी ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या १७ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएका १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!