- संगालोखबर सम्वाददाता


काठमाडौं । अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ देखि मात्रै खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ बाट खुल्ने भनिएका क्षेत्रलाई १५ दिन पछि सार्ने निर्णय गरेको हो ।

यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तरजिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायत गतिविधि भदौ १ देखि खोल्ने निर्णय गरेको थियो ।

Advertisement

तर, कोरोना संक्रमण झन–झन बढ्दै गएकाले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) ले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य १५ भदौसम्म स्थगित गर्न सिफारिस गरेको थियो । सोही बमोजिम मन्त्रीपरिषद्को बैठकले निर्णय लिएको हो ।

यता, भारतबाट आउने नेपालीहरूका लागि तोकिएको प्रवेशबिन्दु २० बाट १० मा झारिएको छ भने अन्यत्रबाट आउनेहरूलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय भएको छ । निर्धारित प्रवेशबिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै मन्त्रीपरिषद्ले दैनिक रूपमा किनमेल गर्न, कामदार ल्याउन गरिने आवतजावतलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!