
बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा बुधबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका २४, सुनसरीका १४ र झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मोरङको बिराटनगरका १२ पुरुष, रंगेलीका ६ पुरुष र ३ महिला र गुलुमका २ पुरुष र ववियाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहबीका ३ पुरुष र कोशीका २ पुरुषमा कोरोना संक्रमण भएको छ ।
त्यस्तैगरी झापाको मेचिनगरका ३ पुरुष र ३ महिला, भद्रपुरका ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९८ पुगेको छ भने १ हजार १४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।















