संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा सेवा केन्द्रबाट सात दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । धनकुटा नगरपालिका कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले भोलिदेखि आगामी बुधबारसम्म नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय तथा सेवा केन्द्रहरुबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

कोरोना संक्रमितको कन्ट्राक्ट ट्रेसिङमा समुदायमा अत्याधिक सम्पर्कमा आएका व्यक्तिहरुसमेत परेकाले नगर क्षेत्रमा भीडभाड कम गरी कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

सात दिनको अवधीमा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिक सेवा, फोहोरमैला व्यवस्थापन, एम्वुलेन्स, दमकल, नगर प्रहरी सेवा, खानेपानी, अति जरुरी कामका लागि सवारी पास सिफारिस, विपद् व्यवस्थापन र कडा रोग उपचार सहुलियतका लागि सिफारिस सेवा मात्र प्रवाह हुनेछ ।

साथै कोरोना संक्रमणबाट बच्न सार्वजनिक भेला, भोजभतेर, बैठक, गोष्ठी, चाडपर्व मनाउने जस्ता भीडभाड हुने काम नगर्न र घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाई सामाजिक दुरी कायम गर्न पनि नगरपालिकाले अपिल गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!