असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने

असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने

काठमाडौं । असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुलाउँने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो । अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान गत चैत १० गतेबाट बन्द भएको थियो । सरकारले झण्डै ६ महिना पछि अन्तरजिल्ल...
भेडेटारका होटल सञ्चालन गर्ने वातावरण मिलाउँन व्यवसायीको माग

भेडेटारका होटल सञ्चालन गर्ने वातावरण मिलाउँन व्यवसायीको माग

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारका होटल व्यवसायीहरुले होटल सञ्चालन गर्ने वातावरण मिलाउँन प्रशासनसँग माग गरेका छन् । लामो समयको बन्दाबन्दीका कारण होटल व्यवसाय क्षेत्र नराम्रोसँग प्रभावित बनेको भन्दै व्यवसायीहरुले होटल सञ्चालनका लागि सकारात्मक भूमिका निर्वाह गर्न माग गरेका हुन् । बन्दाबन्दीका कारण छ महिना यता होटल व्यवसाय ठप्प भएपछि सोमबार भेडेटारका होटल व्यवसायीहरु होटल सञ्चा...
प्रदेश १ लाई ५ बर्षभित्र बालविवाहमुक्त बनाईने

प्रदेश १ लाई ५ बर्षभित्र बालविवाहमुक्त बनाईने

विराटनगर । प्रदेश १ लाई आगामी ५ बर्षभित्र बालविवाहमुक्त बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । आज राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु ल...
प्रदेश १ मा थपिए ८२ कोरोना संक्रमित, १५ डिस्चार्ज

प्रदेश १ मा थपिए ८२ कोरोना संक्रमित, १५ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ र उदयपुरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । ...
बालबालिकाको पढ्ने, लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री ओली

बालबालिकाको पढ्ने, लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिए । बालबालिकाको रुचि, क्षमता र छनोटका विषयमा अभिभावक...
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान क...
झापामा बन्चरो प्रहार गरी आमाको हत्या

झापामा बन्चरो प्रहार गरी आमाको हत्या

झापा । झापाको कमल गाउँपालिकामा गएराती एक युवाले बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । कमल गाउँपालिका–७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमा ५० वर्षीया मिराको हत्या गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका दिनेश र आमाबीच राती करिब ८ बजे झगडा भएको थियो । सोही क्रममा दिनेशले बन्चरो र ढुंगा प्रहार गरेर आमाको हत्या गरेका हुन् । दिनेशको आक्रमणबाट आमाको टाउको र खुट्टामा च...
प्रहरीमा लागु भयो नयाँ नियम

प्रहरीमा लागु भयो नयाँ नियम

काठमाडौं । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् । सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ । कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा...
विराटनगरका कोरोना संक्रमित बृद्धको धरानमा मृत्यु

विराटनगरका कोरोना संक्रमित बृद्धको धरानमा मृत्यु

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित बृद्धको आज धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–१२ का ७० वर्षीय कोरोना संक्रमित बृद्धको दिउँसो करिव साढे दुई बजे मृत्युु भएको हो । बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएको र कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालबाट प्रतिष्ठानमा रेफर गरिएको थियो । उनलाई भदौ १७ गते प्रतिष्...
ईलाममा पोखरीमा डुबेर एक बर्षे नावालिकाको मृत्यु

ईलाममा पोखरीमा डुबेर एक बर्षे नावालिकाको मृत्यु

ईलाम । ईलामको माई नगरपालिका–२ सेली डाँडामा पोखरीमा डुबेर आज एक नाबालिकाको मृत्यु भएको छ । मध्यान्ह १२ बजे स्थानीय बिनोद राईकी १३ महिनाकी छोरी सबनमको पोखरीमा डुबेर मृत्यु भएको हो । घर छेउमै रहेको पोखरी नजिक खेल्ने क्रममा उनी चिप्लिएर पोखरीमा खसेकी थिईन् । पोखरीमा डुबेर घाईते भएकी नाबालिकालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बेलबारीका ३२ संक्रमित मध्ये २० जनाले जिते कोरोना

बेलबारीका ३२ संक्रमित मध्ये २० जनाले जिते कोरोना

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका मध्ये २० जना निको भएका छन् । हालसम्म बेलबारीका ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २० जना निको भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारीका एक जना संक्रमितको मृत्यु भएको छ । बाँकी ११ जनाको उपचार भइरहेको छ । यसैबीच आइतवार बेलबारी नगरपालिकाका २३ जनाको स्वाब संकलन गरिएको छ । आइसोल...
प्रदेश १ मा ४४ संक्रमित थपिए

प्रदेश १ मा ४४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आईतबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१ तथा खोटाङ, उदयपुर र झापामा १/१ कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार विराटनगरका ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष संक्रमित भएका छन् । खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र झापाको शिवसताक्...
झापाबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

झापाबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

झापा । झापाका छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मेचीनगर नगरपालिका–१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर–१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१३ ईलाम रोडबाट प्रहरीले पक्राउ गरेको छ । मे.४ प.७७२६ नम्बरको मोटरसाईकलमा ...
धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान

धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान

धनकुटा । १५ महिना अघिदेखि ओछ्यान परेका धनकुटाका बोधराज ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । मेरुदण्डमा पलाएको ट्यूमर र नसा च्यापिने समस्याको अप्रेशन गराउँदा पनि सुधार नभई ओछ्यान परेका ढुंगानालाई सहयोग गर्नेको संख्या बढ्दै गएको हो । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ४० बर्षीय ढुंगाना अहिले धनकुटाको मदनचौकमा कोठा भाडामा बस्दै आएका छन् । जिल्ला अस्पतालमा सुरक्षागार्ड बसेर श्रीमतिसहि...
कारागारका २ सय ३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

कारागारका २ सय ३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २ सय ३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८ सय भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १ सय ३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि स...
उदयपुरमा महिलाको हत्या

उदयपुरमा महिलाको हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ लखथुम्कामा एक महिलाको हत्या भएको छ । स्थानीय ४२ बर्षीया डोरकुमारी राउतको गएराती हत्या भएको हो । हत्या आरोपमा स्थानीय २५ बर्षीय रोशन मगरलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ । नशामा रहेका मगरले राउतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । लागुऔषध सेवन गरेका मगरले राउतलाई खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । हत्याको कारण भने खुलेको छैन । खुकुरी प्रह...
प्रदेश १ मा थप ३ कोरोना संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए, ५६ डिस्चार्ज

प्रदेश १ मा थप ३ कोरोना संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए, ५६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । यसैबीच प्रदेश १ मा शनिवार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जना ...
पाँचथरमा १४ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा स्कूलका प्रिन्सिपल पक्राउ

पाँचथरमा १४ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा स्कूलका प्रिन्सिपल पक्राउ

ताप्लेजुङ । छात्रालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ भोकेसनल बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा पक्राउ परेका छन् । छात्राबासमा बस्ने आफ्नै स्कूलकी १४ बर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रिन्सिपल सुब्बालाई प्रहरीले पक्राउ गरेको हो । पीडित छात्राले आफुमाथि प्रिन्सिपल सुब्बाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीमा गृहक...
छ महिना अघिदेखि गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

छ महिना अघिदेखि गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजुदर संघ र नेपाल यातायात स्वतन्त...
कोशी अस्पताललाई निजी क्षेत्रबाट पुनः अर्को पीसीआर मेसिन प्रदान

कोशी अस्पताललाई निजी क्षेत्रबाट पुनः अर्को पीसीआर मेसिन प्रदान

बिराटनगर । कोरोना संक्रमण बढिरहेका बेला बिराटनगरस्थित कोशी अस्पताललाई निजी क्षेत्र एवं नागरिक स्तरबाट पुनः अर्को पीसीआर मेसिन प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच आए.एन.ए.एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो । निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका बिशेष सल्लाहकार सुनिल टिवडेवाल र नागरिक समाजका तर्फबाट अरुण न्यौपाने लगायतले ...
धरानमा कोरोना संक्रमित कैदीको मृत्यु

धरानमा कोरोना संक्रमित कैदीको मृत्यु

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार साँझ एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । सुनसरीको रामधुनी–५ झुम्काका ४३ बर्षीय कोरोना संक्रमित पुरुष कैदीको साँझ करिव साढे चार बजे मृत्यु भएको हो । एक वर्ष अघिदेखि झुम्का कारागारमा रहेका ती पुरुषलाई दश दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी लाग्ने र श्वासप्रस्वासमा समस्या देखिएको थियो । जिल्ला अस्पताल ईनरुवाले रेफर गरेर ...
कथा: साईबर प्रेम (भाग-२)

कथा: साईबर प्रेम (भाग-२)

रोमानियाको राजधानी बुचारेष्ट बसेको पनि ४ वर्ष वितिसकेछ । मलाई नेपाल जाने हुटहुटी थियो । अझ भनौ मेरो प्यारो गाउँ शुक्रबारे । स्थानीय सरकार आएपछि भएको परिवर्तन मैले सामाजिक सञ्जालमार्फत धेरै पटक देखेको थिए । “आई लभ शुक्रबारे” लेखिएको भ्यूटावरबाट शुक्रबारे बजारको सुन्दर दृष्य मेरो सपनामा हजार पटक आएको थियो । सपना चाँडै यथार्थमा बदलिने थियो । किनकी, मेरो नेपालको लागि फ्लाइट यहिँ जुलाई २६ मा थियो । ...
भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मध्यपुर थिमि–९ निकोसेरामा बाबु–आमा र छोरा घरमै मृत भेटिएका हुन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्त मृत फेला परेको महानगरीय प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार घरको दोश्रो तल्लामा सम्झना र कुकुर मृत भेटिएका छन् । तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा छोरा सुदि...
मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग

मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग

विराटनगर । घरजग्गा कारोवार व्यवसायीहरुले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा एक घण्टा धर्ना दिएका छन् । सरकारले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले मालपोत कार्यालयमा धर्ना दिएर कार्यालयको काम बन्द गराएका हुन् । घरजग्गा कारोवार व्यवसायी संघ मोरङको अगुवाईमा मालपोत कार्यालय गएर बिहान ११ देखि १२ बजेसम्म कार्यालयमा धर्ना दिईएको संघका अध्यक्ष घनश्याम प...
प्रदेश १ मा थपिए १ सय १९ कोरोना संक्रमित, ६६ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १ सय १९ कोरोना संक्रमित, ६६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरका थप ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महि...
चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नु अनुरोध...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । चौदण्डीगडी नगरपालिका-५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । बिहान करिव ८ बजे पानी तान्ने मोटर चलाउने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

झापालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

झापा । झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बाहुनडाँगीस्थित नेपाल भारत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ९ः३० बजे ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पूर्वी नेपालका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।
मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजिटिभ

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजिटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजिटिभ आएको छ । कोरोनाको लक्षण देखिएको दुईसातापछि गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुनः पोजिटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाको लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गरिएको थियो । मन्त्री घिमिरेलाई रुघाखोकी, जिउदुख्ने लक्षणबाहेक डाईरिया, टाउको दुख्ने, ज्...
लघु कथाः सरु

लघु कथाः सरु

परीक्षा हलबाट निस्कनासाथ मैले उसलाई फोन गरे । “हेल्लो ! तिमी कहाँ छौ ?” मेरो प्रश्न । “गेट बाहिर छु ।” उसको जबाफ । परीक्षा लेखिसकेर बाहिर निस्कनेहरुको भिडबाट म स्कुलको गेटतिर लम्कदै थिए । वरिपरि थुप्रै मान्छेहरु थिए तर पनि म एक्लै भए झै कोहीसँग नबोली अघि बढेँ । परीक्षाका विषयमा समूह-समूहमा भएका छलपmलमा मैले कुनै चासो देखाइन । कोही परीक्षा बिग्रियो भन्दै थिए । कोही परीक्षा ठीकै भयो भन्दै थिए ।...
प्रदेश १ का थप ८४ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा बिहिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ८ जिल्लाका २३ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३ तथा उदयपुर र इलाममा दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ ...
error: Content is protected !!