संगालोखबर सम्वाददाता

विराटनगर । घरजग्गा कारोवार व्यवसायीहरुले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा एक घण्टा धर्ना दिएका छन् । सरकारले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले मालपोत कार्यालयमा धर्ना दिएर कार्यालयको काम बन्द गराएका हुन् ।

Advertisement

घरजग्गा कारोवार व्यवसायी संघ मोरङको अगुवाईमा मालपोत कार्यालय गएर बिहान ११ देखि १२ बजेसम्म कार्यालयमा धर्ना दिईएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए । व्यवसायीहरुको धर्नाका कारण कार्यालयको काम एक घण्टा प्रभावित भएको थियो ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १८ गते कित्ताकाट खुल्ला गर्ने निर्णय गरेकी थिईन् । मन्त्रीस्तरीय सो निर्णयसँगै ०७४ साल भदौदेखि बन्द रहेको कित्ताकाट खुल्ने आसमा व्यवसायीहरु उत्साहित भएका थिए । तर, निर्णय कार्यान्वयनमा ढिलाई भएपछि व्यवसायीहरु आन्दोलित बनेका हुन् ।

आइतबारबाट पनि कित्ताकाट सुरु नभए व्यवसायीहरुले थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । आईतबारसम्म काम सुचारु गर्न माग गरिएको र माग पुरा नभए कार्यालय समयभर गेटमा धर्ना दिएर मालपोत कार्यालयको काम ठप्प पारिने संघका अध्यक्ष पोखरेलले चेतावनी दिए ।

तीन वर्षदेखि कारोवार बन्द हुँदा जग्गाधनी किसान र बैंकसमेत समस्यामा परेको घरजग्गा व्यवसायीको दावी छ । यता, मन्त्रालयको निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले कित्ताकाटको काम सुरु गरेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!