- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजिटिभ आएको छ । कोरोनाको लक्षण देखिएको दुईसातापछि गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुनः पोजिटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

Advertisement

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाको लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गरिएको थियो ।

मन्त्री घिमिरेलाई रुघाखोकी, जिउदुख्ने लक्षणबाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको भएपनि संक्रमणपछिको दोस्रो पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतले जानकारी दिए । वस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनुअघिदेखि नै घिमिरेलाई सामान्य लक्षणहरु देखिएको थियो । लक्षण देखिएपछि भदौ १३ गते साँझदेखि नै मन्त्री घिमिरे होम आईसोलेसनमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!