- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बिहिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ८ जिल्लाका २३ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३ तथा उदयपुर र इलाममा दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १/१ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यता, संखुवासभाको खाँदबारीका २० पुरुषमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिला संक्रमति भएका छन् ।

मोरङको विराटनगरमा २ महिला ४ पुरुष, रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १/१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १/१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै, पाँचथरको फिदिमका २ पुरुष, मिक्लाजुङका १ पुरुष र फालेलुङका १ महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १/१ पुरुष संक्रमित भएका छन् । उदयपुरको त्रियुगामा २ पुरुष र इलामको चुलाचुलीमा १ महिला १ पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ४ हजार ४ सय ९८ पुगेको छ भने १ हजार ९ सय ५३ जना निको भएका छन् । आज पनि १ का ५ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!