- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मध्यपुर थिमि–९ निकोसेरामा बाबु–आमा र छोरा घरमै मृत भेटिएका हुन् ।

३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्त मृत फेला परेको महानगरीय प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार घरको दोश्रो तल्लामा सम्झना र कुकुर मृत भेटिएका छन् । तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा छोरा सुदिपको शव भेटिएको छ ।

Advertisement

मृत्युको कारण खुल्न बाँकी छ । प्रहरी टोली घटनास्थल पुगेको छ । उनीहरुको मृत्यु शंकास्पद पाईएकाले घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!