संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । चौदण्डीगडी नगरपालिका-५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान करिव ८ बजे पानी तान्ने मोटर चलाउने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!