- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

विराटनगरका थप ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष र बुढीगंगाकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुष संक्रमित थपिएका छन् । यता, झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष र कनकाईमा १ महिला संक्रमित भएका छन् ।

त्यस्तै, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष र उदयपुरको चौदण्डीगढीमा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय १९ पुगेको छ । जसमध्ये २ हजार १९ जना डिस्चार्ज भएका छन् । यसैबीच प्रदेश १ मा आज ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनका १ जना निको भएका हुन् ।

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगरकी एक महिला छन् । हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!