- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । छात्रालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ भोकेसनल बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा पक्राउ परेका छन् । छात्राबासमा बस्ने आफ्नै स्कूलकी १४ बर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रिन्सिपल सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित छात्राले आफुमाथि प्रिन्सिपल सुब्बाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीमा गृहकार्य सिकाउने क्रममा सुब्बाले १५ दिन अघिदेखि अनैतिक व्यवहार गरेको र २० गते जबरजस्ती करणी गरेकी उल्लेख छ ।

Advertisement

उजुरी परेपछि प्रहरीले प्रिन्सिपल सुब्बालाई पक्राउ गरेर घटनाको बिषयमा अनुसन्धान थालेको छ । उनीबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरी घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा छात्राको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।

यसैबीच छात्रा बलात्कारको आरोप लागेपछि विद्यालय सञ्चालक समितिले प्रिन्सिपल सुब्बालाई पदबाट निलम्बन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!