- संगालोखबर सम्वाददाता

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार साँझ एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । सुनसरीको रामधुनी–५ झुम्काका ४३ बर्षीय कोरोना संक्रमित पुरुष कैदीको साँझ करिव साढे चार बजे मृत्यु भएको हो ।

Advertisement

एक वर्ष अघिदेखि झुम्का कारागारमा रहेका ती पुरुषलाई दश दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी लाग्ने र श्वासप्रस्वासमा समस्या देखिएको थियो । जिल्ला अस्पताल ईनरुवाले रेफर गरेर पठाएका उनलाई शुक्रबार दिउँसो १२ बजे प्रतिष्ठानको ईमर्जेन्सीमा भर्ना गरिएको थियो ।

कुनै पनि दीर्घरोग नभएका उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!