धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ । फागुन १७ गतेबाट सुरु भएको नगर सभा १३ दिनपछि शनिवार सम्पन्न भएको हो ।
नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बसेको नगर सभाले महालक्ष्मी नगरपालिकाको कर्मचारी समायोजन मिलन विधेयक–२०७७ पारित गरेको छ । त्यस्तै वडाबाट बजेट रकमान्तर गर्न आएको प्रस्ताव पनि नगरसभाले पास गरेको प्रवक्ता रामबहादुर खड्काले जानकारी दिए ।
नगर सभाको पहिलो दिन कार्यक्रम संसोधन/रकमान्तर, राजश्व र कार्यपालिका बैठकहरुका निर्णय पारित गरिएको थियो ।
त्यस्तै नगरपालिकाको अर्थ सम्बन्धि विधेयक २०७७/०७८ सँग बाझिने नगरपालिकाका अन्य ऐनहरु बाझिएको हकसम्म बदर हुने र उक्त बिषयहरु नगरको अर्थसम्बधि विधेयक बमोजिम हुने निर्णय नगरसभाले पारित गर्यो । सभाको सुरुवात मै महालक्ष्मी नगरपालिकाको आफ्नै लोगो पनि सार्वजनिक गरिएको थियो ।