गोमा ढुंगाना/संगालोखबर

धनकुटा । चोरेर ल्याइएको मोटरसाइकलसहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट शुक्रबार दिउँसो एक युवा पक्राउ परेका छन् । सहिदभूमि गाउँपालिका–२ का २२ बर्षीय अशिम राईलाई चोरीको मोटरसाइकलसहित प्रहरीले गाउँबाटै पक्राउ गरेको हो ।

Advertisement

धरान उपमहानगरपालिका–१३ का जितबहादुर गोलेको नाममा दर्ता रहेको को ३९ प ९४३ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल गत आइतवार राती घरबाटै हराएको थियो । धरानबाट मोटरसाइकल चोरेर गाउँमा ल्याई चलाउँदै गरेको अवस्थामा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकल चोरी भएपछि प्रहरीले खोजी थालेको थियो । भेडेटारमा सीसीटीभी फुटेज हेर्दा चोरीको मोटरसाइकल धनकुटातर्फ ल्याइएको देखिएपछि गाउँ–गाउँमा प्रहरी परिचालन गरेर खोजी गरी मोटरसाइकल फेला पारिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । ‘चोरीको मोटरसाइकल धनकुटातर्फ ल्याइएको सीसीटीभी फुटेजमा देखिएपछि हामीले खोजतलासका लागि गाउँ–गाउँमा प्रहरी खटाएका थियौं,’ एसपी अधिकारीले संगालोखबरसँग भने,‘चोरेर ल्याइएको मोटरसाइकल सहिदभूमिको गाउँमा चलाउँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएका हौ ।’

चोरी भएको पाँच दिनपछि मोटरसाइकल फेला परेको हो । चोरीमा संलग्न राईलाई कारबाहीका लागि मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!