संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ भोटेचौताराका राजकुमार दिक्पालको घरमा शुक्रवार दिउँसो आगलागी भएको छ । पोर्चुगल वस्दै आएका पत्रकार एवं साहित्यकार दिक्पालको घरमा विधुत सर्ट भएर आगलागी भएको हो ।

Advertisement

दिक्पाल परिवारसहित पोर्चुगल बस्दै आएका छन् । उनका दाजु भाउजु र आमा केही दिन अघि काठमाण्डौं गएका थिए । घरमा कोही नभएका बेला आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति नभएपनि करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । नगद १ लाख ५० हजार र २ तोलाको सुनको औठी पनि आगोमा जलेको छ ।

धनकुटा नगरपालिकाको दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले करिव १ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!