संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबार विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम भएकी हुन् ।

Advertisement

उदयपुर र भोजपुर बाहेक प्रदेश १ का १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरीय लेखन प्रतियोगिता भएको थियो । प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्विका भट्टराई तृतिय तथा मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङ्गेल सान्तवना भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गरेका छन् । लेखन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरु राष्ट्रिय प्रतियोगिताका लागि छनौटसमेत भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!