- संगालोखबर सम्बाददाता

मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ब्राइट फ्यूचर स्कूलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७४८ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

शिविरमा ३२० जनाको ल्याव टेष्ट, २१३ जनाको भिडियो एक्सरे र ४७ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका सिनियर मार्केटिङ म्यानेजर भगत शाहले जानकारी दिए । उनका अनुसार शिविरमा पाठेघरको समस्या, सुगर, प्रेसर र दाँतको समस्या भएका बिरामी बढी आएका थिए ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले नोबेल अस्पतालले बर्षै अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । आगामी मंगलबार पनि सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!