संगालोखबर सम्वाददाता
फायल तस्वीर

भोजपुर । भोजपुरमा मिलको फित्तामा सल बेरिएर घँटेसी लाग्दा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भोजपुर रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ७६ बर्षीया कुमारी बानियाँ छन् ।

शनिवार बेलुका करिब ५ बजे घटना भएको हो । स्थानीय योगेन्द्र राईले सञ्चालन गरेको धान कुट्ने मिलको फित्तामा बृद्धा बानियाँले लगाएको सल बेरिदाँ घाँटीमा घँटेसी लागेको हो । घुमिरहेको मिलको फित्तामा सर बेरिएर घँटेसी लाग्दा उनी गंम्भीर घाइते भएकी थिइन् ।

Advertisement

उनलाई उपचारका लागि ओख्रेस्थित संगिता मेडिकल पुर्याइएको थियो । उपचारका क्रममा राती ९ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!