विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न संगठनको ४८ औं साधारणसभाले प्याकुरेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार मुरारका निर्वाचित भएका छन् । वित्तिय क्षेत्रतर्फको उपाध्यक्षमा राजकुमार गोल्छा, कृषि जलश्रोत उर्जा तर्फको उपाध्यक्षमा नन्दकिशोर राठी र रोजगारदातातर्फको उपाध्यक्षमा भोलेश्वर दुलाल निर्विरोध चयन भएका छन् । साधारणसभाले विपिन कावरालाई कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
यता, कार्यसमिति सदस्यमा सुनिल कुमार धनावत, पारस लुनिया, इन्द्र खत्री, सुवोध कोइराला, सौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदिप घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।