संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौं मेडिकल कलेजले आइतवार ललितपुरको गोदावारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ बिरामीले निःशुल्क उपचार पाएका छन् ।

Advertisement

बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिएको केएमसीले गोदावारी–९ स्थित गणेश आधारभूत विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १९८ जनाको ल्याव टेष्ट, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ४१ जनाको दाँत खोलिएको छ ।

शिविरमा विशेषज्ञ डाक्टरहरुसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक रोग लगायतको उपचार गरेको थियो । समाजसेवी डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!