संगालोखबर सम्वाददाता

झापा । झापाको कमल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा शनिवार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–१ बालुबारीमा बिहान १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट मोटरसाइकल चालक शिवसाताक्षी नगरपालिका–४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालक सोही स्थानका चित्र कार्कीलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

त्यस्तै, झापाको बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा दिउँसो साढे १ बजे मे ११ प ८४५१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटी चालक सोही स्थानका ४३ बर्षीया कलसावती राजबंशी घाइते भएकी थिइन् ।

विएण्डसी अस्पतालमा उपचारका क्रममा दिउँसो २ः१५ बजे राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!