संगालोखबर सम्वाददाता

धनकुटा । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई व्यूँताएपछि धनकुटामा एमाले नेता कार्यकर्ताले खुशीयाली मनाएका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लिन स्वीप’ गरेको पाख्रीवासमा एमाले नेता कार्यकर्ताले शनिवार पञ्चेवाजा बगाएर नाचगान गर्दै पार्टीको बार्ड राखेका छन् ।

Advertisement

शुक्रबार जिल्ला पार्टी कार्यालय र धनकुटा नगर कमिटीको कार्यालयमा बोर्ड राखेको एमालेले शनिवार जिल्लाका वाँकी छ वटै पालिकामा बोर्ड राखेको हो । बोर्ड राखेर पार्टीका पालिकास्तरीय कार्यालयहरु उद्घाटन गर्न एमालेका जिल्ला नेताहरु छ वटै पालिकामा खटिएका थिए । संघीय सांसद् एवं एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा पार्टी कार्यालयको बोर्ड उद्घाटन गरेका छन् । पाख्रीवासमा पञ्चेवाजा बजाई नाचगान गर्दै खुशीयाली मनाएर एमालेको बोर्ड राखिएको हो । एमाले कार्यकर्तासँगै सांसद राई पनि पञ्चेवाजामा नाचेका थिए ।

अन्य पालिकामा पनि एमाले नेता कार्यकर्ताले उत्साहित रुपमा सहभागि भएर पार्टीको बोर्ड राखेका छन् । एमाले नेता टंक चुवान र चन्द्र बस्नेतले महालक्ष्मी नगरपालिका, इन्द्रमणी पराजुलीले सहिदभूमि गाउँपालिका, टिकाराम चेम्जोङले चौविसे गाउँपालिका र निरन राईले साँगुरीगढी गाउँपालिकामा पार्टीको बोर्ड राखेर कार्यालय उद्घाटन गरेको एमाले प्रचार बिभाग प्रमुख भेषराज कटेलले जानकारी दिए ।

नाम विवादमा सर्वोच्च अदालतले ऋषि कटेललाई नेकपाको आधिकारीकता दिएर केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र व्यूताएको हो । नेकपा एकता बदरपछि अहिले देशभर नै एमाले र माओवादी केन्द्रले आ–आफ्नो बोर्ड राखेर पार्टी कार्यालय व्यूताउँदैछन् ।

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!