संगालोखबर सम्वाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाएर चाँडै ४ हजार पुर्याउँने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

‘०५१ सालमा १ सय रुपैयाँबाट सुरु भएको बृद्धभत्ता ३ हजार पुर्याएका छौ,’ प्रधानमन्त्री ओलीले भने,‘बृद्धभत्ता ५ हजार पुर्याउँने हाम्रो उद्धेश्य छ । ४ हजार त छिटै पुर्याइहाल्छौ ।’ सरकारले जनताको पक्षमा काम गरिरहेको दावी गर्दै ओलीले छिटै बृद्धभत्ता बढाउँने बताएको भएपनि कहिलेसम्म बढ्छ भन्ने खुलाएनन् ।

सरकारको मुख्य उद्धेश्य समृद्ध नेपाल, सुखी नेपालीलाई पुरा गर्न लागिपरेको भन्दै ओलीले जनहितमा सरकारले धेरै काम गरेको दावी गरे । उनले जनताको हितलाई सर्वोपरी ठानेर सरकारले काम गरिहरेको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!