प्रदेश १ मा थपिए ५७७ कोरोना संक्रमित
विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४/४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुषसहित १५४ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १...



























