उदयपुरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

उदयपुरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित बिरेन्द्र बजारमा आज आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट भरत राई, बाल बिक्रम राई, शिशिर गुरुङ, कृष्ण मगर र पदम कुमारी मगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर भरत राईको घरबाट आगो सल्केको थियो । आगलागीबाट काठले बनेका र टिनको छाना भएका घरहरु जलेर नष्ट भएका हुन् । साथै पार्किङ गरेर राखेको ट्याक्टर र एउटा मोटरसाइकलसमेत...
ओखलढुंगामा छिमेकीबिच झगडा हुँदा एक जनाको मृत्यु

ओखलढुंगामा छिमेकीबिच झगडा हुँदा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा छिमेकीबिच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खजिदेम्बा गाउँपालिका–१ आरुबोटका ६० बर्षीय महेस कुमार खड्का छन् । गएराती पौने ९ बजे खड्का र स्थानीय ५० बर्षीय प्रेम बहादुर सुनुवारबिच झगडा भएको थियो । मादक पदार्थ सेवन गरेका उनीहरुबिच कुटाकुट हुँदा सुनुवारको कुटाइबाट खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवारले खड्काकै घरम...
२०७८ बैशाख २६ गते आइतवारको राशिफल

२०७८ बैशाख २६ गते आइतवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २६ गते आइतवार ई. सं. २०२१ मे ९ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण बयोदशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र प्रीति योग गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि...
धनकुटाको आँखिसल्लामा बनाइयो आइसोलेशन कक्ष

धनकुटाको आँखिसल्लामा बनाइयो आइसोलेशन कक्ष

धनकुटा । कोरोना संक्रमितको उपचारका लागि धनकुटाको आँखिसल्ला स्वास्थ्य चौकीमा आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमितलाई राखेर उपचारको व्यवस्था मिलाउँन शहिदभूमि गाउँपालिकाले १६ वेडको आइसोलेशन कक्ष निर्माण गरेको हो । आइसोलेशन कक्षमा तीन वटा अक्सिजन सिलिण्डर पनि राखिएको छ । कोरोना संक्रमण पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएकाहरुलाई राख्नका लागि आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिका अध्य...
प्रदेश १ मा थपिए ५७८ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५७८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुषसहित १८५ जनामा संक्रमण देखिएको छ । बेलबारीमा ८, सुन्दरहरैंचामा ७, बुढीगंगामा ५,...
बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

झापा । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त ...
तेह्रथुमकी २० बर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

तेह्रथुमकी २० बर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

विराटनगर । तेह्रथुमकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पञ्चकन्या–१ की २० बर्षीया कोरोना संक्रमित युवतीको आज मृत्यु भएको हो । उनमा गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि प्रतिष्ठानको कोरोना अस्पतालमा उपचाररत उनको बिहान करिव ५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए । उनमा ...
इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु

इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इटहरी–१७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरी छन् । शुक्रबार दिउँसो साढे १२ बजे घर नजिकै गोरु चराउने क्रममा हावाहुरीका कारण कदमको रुख ढलेर चौधरीलाई किचेको थियो । रुखले किच्दा उनी गंम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्या...
नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय : विराटनगरबाट दुई पक्राउ

नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय : विराटनगरबाट दुई पक्राउ

विराटनगर । मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो। रेम्डेसिभिर गम्भीर...
२०७८ बैशाख २५ गते शनिवारको राशिफल

२०७८ बैशाख २५ गते शनिवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २५ गते शनिवार ई. सं. २०२१ मे ८ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र विषकुम्भ योग तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशा...
विराटनगरका मेयरको गाडी कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गरिने

विराटनगरका मेयरको गाडी कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका छन् । कोरोना संक्रमितहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने मेयर पराजुलीले बताए । शुक्रबार प्रेस वि...
प्रदेश १ मा थपिए ७२५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७२५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुषसहित २७५ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १५, उ...
धनकुटामा थपिए सात कोरोना संक्रमित, दुई बर्षीया बालिकामा पनि संक्रमण

धनकुटामा थपिए सात कोरोना संक्रमित, दुई बर्षीया बालिकामा पनि संक्रमण

धनकुटा । धनकुटाका थप ७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा ५ जना महिला र २ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–४ का ३१ बर्षीय पुरुष, २८ बर्षीया महिला र दुई बर्षीया बालिका छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ३४ बर्षीय पुरुष, २२ बर्षीया महिला र ५० बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल...
इलाममा रुखबाट लडेर एक जनाको मृत्यु

इलाममा रुखबाट लडेर एक जनाको मृत्यु

इलाम । इलाममा रुखबाट लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इलाम नगरपालिका–५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी छन् । बिहान ९ बजे घर नजिकै रहेको खनिउको रुखमा चढेर घाँस झार्ने क्रममा उनी रुखबाट लडेका थिए । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररूपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।  फुङलिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरूका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज...
टिकटक बनाउने क्रममा भीरबाट लड्दा धरानका युवकको मृत्यु

टिकटक बनाउने क्रममा भीरबाट लड्दा धरानका युवकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–५ का १८ बर्षीय सुभास परियार छन् । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो । सोही सुमोमा सवार सुभास सुमोबाट ओर्लिएर भीरमा टिकटक बनाउँदै थिए । टिकटक बनाउने क्रममा भीरबाट लड्दा उनी गंभीर घाइते भएका थ...
विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी–४ का २४ बर्षीय असिम बस्नेत र इटहरी–५ का ३२ बर्षीय कुमार विश्वकर्मा छन् । गएराती १० बजे भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक बस्नेत र स्कुटरको पछाडि सवार विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट लागुऔषध ड...
झापाको कपास उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

झापाको कपास उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको हो । बिहिवार साँझ साढे ६ बजे उद्योगको कपास पेल्ने मेशिनबाट आगो लाग्न शुरु भएको हो । आगलागीबाट मेशिन, कच्चा पदार्थ तथा अन्य सामानहरुसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
पाख्रीबासमा ५४ करोडको औद्योगिक ग्राम बन्ने

पाख्रीबासमा ५४ करोडको औद्योगिक ग्राम बन्ने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ । पाख्रीबास नगरपालिकाको आयोजनामा बिहिबार एक कार्यक्रमकावीच प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन् । सांसद राईकै पहलमा पाख्रीबास-७ राम्चेडाँडामा १ सय १७ रोपनी जग्गामा औद्योगिकग्राम निमार्ण गर्न लागिएकाे हो । कार्यक्रममा बोल्दै सांसद राईले ...
२०७८ बैशाख २४ गते शुक्रवारको राशिफल

२०७८ बैशाख २४ गते शुक्रवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २४ गते शुक्रवार ई. सं. २०२१ मे ७ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण एकादशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र वैधृति योग बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिश...
धनकुटामा थपिए १३ कोरोना संक्रमित

धनकुटामा थपिए १३ कोरोना संक्रमित

धनकुटा । धनकुटामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा ६ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–४ का ३५ बर्षीय पुरुष, धनकुटा नगरपालिका–६ का ४५ बर्षीय पुरुष, ५४ बर्षीय पुरुष, २५ बर्षीय पुरुष, ५० बर्षीया महिला र ४० बर्षीया महिला छन् । त्यस्तै धनकुटा नगरपालिका–७ का ३५ बर्षीया दुुई मह...
धनकुटामा १२ बर्षीया छोरीले गरिन् आमाको काजकिरीया

धनकुटामा १२ बर्षीया छोरीले गरिन् आमाको काजकिरीया

धनकुटा । सामान्यतया आमाको मृत्यु हुँदा छोराले काजकिरीया गर्ने प्रचलन छ । तर, धनकुटा नगरपालिका–३ कागतेमा छोरीले आमाको काजकिरीया गरेकी छन् । दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कीको काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन् । बैशाख १० गते धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा मोटरसाइकल दुर्घटना हुँदा जानुका गंभीर घाइते भएकी थिइन् । भाई गजेन्द...
प्रदेश १ मा थपिए ७९१ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७९१ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २/२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुषसहित २८३ जनामा संक्रमण देखिएको छ । बुढीगंगामा १३, सुन्दर...
इटहरीमा सर्जिकल मास्क पाँच रुपियाँभन्दा बढीमा बेच्न नपाइने

इटहरीमा सर्जिकल मास्क पाँच रुपियाँभन्दा बढीमा बेच्न नपाइने

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँभन्दा बढीमा नबेच्न निर्देशन दिएको छ । आज बिहान बजार अनुगमनका क्रममा दुईदेखि तीन रुपियाँमा खरिद गरिएको मास्क पाँच रुपियाँ भन्दा बढी मूल्यमा नबेच्न उपमहानगरले निर्देशन हो । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोलीले अनुगमन गर्दा सर्जिकल मास्क १० रुपियाँमा बेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा खरिद मूल्यभन्दा...
धनकुटामा यस्तो देखियो निषेधाज्ञा (फोटो फिचर)

धनकुटामा यस्तो देखियो निषेधाज्ञा (फोटो फिचर)

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटा नगरक्षेत्रमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । गएराती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि धनकुटा नगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काममाबाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाको पहिलो दिन धनकुटा बजार सुनसान छ । अत्यावश्यक बाहेकका पसलहरु खुलेका छैनन् । बजारमा चहलपहल शुन...
उदयपुरमा दाजुको कुटाइबाट भाईको मृत्यु

उदयपुरमा दाजुको कुटाइबाट भाईको मृत्यु

उदयपुर । उदयपुरमा दाजुको कुटाइबाट भाईको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा उनका भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको हो । सोमबार राती ८ बजे सामान्य बिषयमा दाजु–भाई वीच विवाद हुँदा पुलकितले खुशिलाललाई कुटपिट गरेका थिए । दाजुको कुटाइबाट घाइते भएका खुशिलाललाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थ...
धनकुटाका थप दुई जनामा कोरोना संक्रमण

धनकुटाका थप दुई जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ११ जनाको पीसीआर परीक्षण गर्दा गएराती दुई पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । शहिदभूमि गाउँपालिका–४ का ३१ बर्षीय पुरुष र छथर जोरपाटीका ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । योसँगै धनकुटा जिल्ला अस्पतालमा गरिएको पीसीआर परीक्षणका आधारमा दोस्रो चरणको...
विराटनगरको रानी नाकाबाट तीन सातामा ४८ कोरोना संक्रमित नेपाल भित्रिए

विराटनगरको रानी नाकाबाट तीन सातामा ४८ कोरोना संक्रमित नेपाल भित्रिए

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरस्थित रानी नाकाबाट पछिल्लो २१ दिनमा कूल ४८ जना कोरोना संक्रमित नेपाल भित्रिएका छन् । बैशाख १ गतदेखि २१ गतेसम्मको अवधिमा रानी नाका हुँदै ३७ महिला र ११ पुरुष नेपाल भित्रिएका हुन् । सो अवधिमा रानी नाकाबाट नेपाल प्रवेश गर्ने १ हजार ४ जनाको एन्टिजेम परीक्षण हुँदा ४८ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु पठनपाठन र रोजगारीको शिलशिलामा भारत बसेर फर्किएकाहरु हुन् ...
विराटनगरकी ३७ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरकी ३७ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर–५ कोचाखालकी ३७ बर्षीया कोरोना संक्रमितको मृत्यु भएको हो । बुधबार उपचारका लागि उनी नोबलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा बुधबार नै उनको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
२०७८ बैशाख २३ गते बिहिवारको राशिफल

२०७८ बैशाख २३ गते बिहिवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २३ गते बिहीवार ई. सं. २०२१ मे ६ नेपाल सम्बत ११४१ पोहेलागा दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र एन्द्र योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको...
धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा, निषेधाज्ञामा के गर्न पाइने/के नपाइने ?

धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा, निषेधाज्ञामा के गर्न पाइने/के नपाइने ?

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । आज राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि धनकुटा नगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको हो ।
error: Content is protected !!