- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि एक हप्ताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जानकारी दिएको हो ।

Advertisement

धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष कर्मचारीमा शनिवार कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाका अन्य कर्मचारीमासमेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले बैशाख २० देखि २६ गतेसम्म सेवा बन्द गर्न लागिएको हो । प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक र सामूदायिक स्वास्थ्य इकाइबाट प्रवाह हुने सेवाहरु, नगर प्रहरी, विपद् व्यवस्थापन र अत्यन्तै जरुरी सिफारिसहरु, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, खानपानी जस्ता अत्यावश्यक सेवाहरु भने बन्द नहुँने नगरपालिकाले जनाएको छ ।

त्यस्तैगरी निषेधाज्ञा जारी भएका जिल्लाहरुमा धनकुटाबाट यात्रुसहित जाने सवारी साधनलाई यात्रामा रोक लगाउने निर्णय पनि भएको छ । नगरपालिकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालन गर्न पनि नगरबासीमा अनुरोध गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!