- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका थप पाँच जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा १२ जनाको पीसीआर परीक्षण गर्दा आज साँझ तीन महिला र दुई पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमित सबै धनकुटा नगर क्षेत्रकै हुन् । धनकुटा नगरपालिका–६ का ६३ बर्षीया महिला, धनकुटा–७ का ४६ बर्षीय पुरुष, ४७ बर्षीया महिला, धनकुटा–८ का २३ बर्षीय पुरुष र २० बर्षीया महिलामा संक्रमण पुष्टि भएको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

योसँगै जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणका आधारमा सक्रिय संक्रमितको संख्या ३२ पुगेको छ । धनकुटामा दुई साता अघि दोस्रो चरणमा पहिलो पटक कोरोना संक्रमित फेला परेका थिए । त्यसयता संक्रमित फेला पर्ने क्रम बढिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!