प्रदेश १ मा थपिए ३७९ कोरोना संक्रमित, ३५८ संक्रमणमुक्त
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४५, सुनसरीमा ९९, मोरङमा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, तेह्रथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको भद्रपुरमा ४...
























