- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा सोमबार सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ । मूल्य घटेर सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यसअघि आइतवार पनि सुनको मूल्य ६ सय रुपैयाँ घटेको थियो । तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँ घटेर ९२ हजार ७ सय रुपैयामा कारोवार भइरहेको छ ।

यता, चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । प्रतितोला ५ रुपैयाँले घटेर चाँदी सोमबार ३६५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!