- संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४५, सुनसरीमा ९९, मोरङमा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, तेह्रथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३–३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१, मोरङको विराटनगरमा ५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा ४–४, जहदामा ३, लेटाङ, सुन्दरहरैचा, सुनबर्षी र ग्रामथानमा २–२, केराबारी र रंगेलीमा १–१ जनामा संक्रमित थपिएका हुन् ।

त्यस्तैगरी संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाख्रिबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण पुगिट भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । जसमध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । आज ३५८ जना संक्रमणमुक्त भएका हुन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!