संगालोखबर सम्वाददाता

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान उनलाई राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

Advertisement

उनलाई ज्वरो आएको छ । रगतमा हेमोग्लेविनको मात्रा पनि कम भएको चिकित्सकहरुले बताएका छन् । उनलाई ४/५ दिन अघिदेखि ज्वरो आएको हो । अहिले उनको थप स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

खनालको सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । आराम गर्नका लागि केही दिन अस्पतालमै रहनु पर्ने उपचारमा खटिएका चिकित्सकहरुको भनाई उदृत गर्दै खनालको सचिवालयले जनाएको छ ।

खनाललाई यसअघि कोरोना संक्रमण पनि भएको थियो । संक्रमण पुष्टि भएपछि लामो समय अस्पतालमा उपचार गराएर संक्रमणमुक्त भई घर फर्किएका थिए । पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!