धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ स्थित हातिखर्क माविबुङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २९ बर्षीय लक्ष्मण लिम्बू छन् । बिहान करिव साढे १० बजे सोही स्थानका शम्भु लिम्बूको घरमा बिग्रिएको बिजुली बनाउँन उनी पोलमा चढेका थिए । पोलमा चढेर बिजुली बनाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दमक नगरपालिका–९ का ३८ बर्षीय दिपक नेपाल छन् । गएराती करिव सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई  ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट नेपाल घाइते भएका थिए । दमक अस्पतालमा उपचारका क्रममा...
जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी

जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी

बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् । उनीहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । नयाँ गाउँकी २८ वर्षीया रिना बिक, कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन् । लुम्ब...
२०७९ असार १६ गते विहीवारको राशिफल

२०७९ असार १६ गते विहीवारको राशिफल

ई.सं. २०२२ जुन ३० नेपाल सम्बत ११४२ दिल्लाथ्व पारु, असार शुक्ल प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मिथुन राशिमा,पुनर्वस नक्षत्र, ध्रुप योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि श...
चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

काठमाडौं । विगत २४ घण्टाको अवधिमा चट्याङ लागेर देशभर ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलवार एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो । रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लाग्दा ७ जनाको मृत्यु भएको हो । रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ भ...
बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै ...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का ४० बर्षीय नारायण महतो र सप्तरीको हनुमाननगर–९ घर भई विराटनगर–११ बस्ने २५ बर्षीय सुमन कुमार राय छन् । अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा ...
२०७९ असार १५ गते बुधवारको राशिफल

२०७९ असार १५ गते बुधवारको राशिफल

ई.सं.२०२२ जुन २९ नेपाल सम्बत ११४२ तछलागा आमै (८ः४२ सम्म), असार कृष्ण औँसी तिथी (८ः४२ पछि), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण औँसी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वृद्धि योग, नाग करण । नेपालमा सूर्योदय बिहान ५ः१० बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किु पर्दा धनियाँ मुखमा राखेर जुनसक...
धनकुटाको समाज डेन्टलले तीन प्रकारका सेवा निःशुल्क दिने, अन्यमा ४० प्रतिशतसम्म छुट

धनकुटाको समाज डेन्टलले तीन प्रकारका सेवा निःशुल्क दिने, अन्यमा ४० प्रतिशतसम्म छुट

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्तीमा रहेको समाज डेन्टल क्लिनिकले तीन प्रकारका सेवा निःशुल्क प्रदान गर्ने भएको छ । अन्य सेवामा ४० प्रतिशतसम्म छुट दिइने क्लिनिकले जनाएको छ । असार १५ गतेदेखि साउन १० गतेसम्म शिविर सञ्चालन गरेर निःशुल्क र विशेष छुटसहितको सेवा प्रदान गर्न लागिएको समाज डेन्टलका डा.अंकित पोख्रेलले जानकारी दिए । उनका अनुसार अन्य बेला दुई सय रुपैयाँ पर्ने ओपीडी यो अवधिमा निः...
रंगेलीमा स्कूल बसले किच्दा एक विद्यार्थीको मृत्यु, स्थानीयद्वारा दुई वटा बस तोडफोड

रंगेलीमा स्कूल बसले किच्दा एक विद्यार्थीको मृत्यु, स्थानीयद्वारा दुई वटा बस तोडफोड

विराटनगर । मोरङको रंगेलीमा आफ्नै स्कूलको बसले किचेर आज एक विद्यार्थीको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कूलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढ्ने ५ वर्षीय बालक ऋतिक मण्डलको मृत्यु भएको हो । ऋतिक र एलकेजीमै पढ्ने रंगेली–६ की ५ बर्षीया बालिका सनम कुमारी मण्डललाई बसले किचेको थियो । बसले किच्दा दुबै जना घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचारका क्रममा ऋतिक...
सिंघिया खोला बस्तीमा पस्दा विराटनगर र कटहरीका १७५ परिवार विस्थापित

सिंघिया खोला बस्तीमा पस्दा विराटनगर र कटहरीका १७५ परिवार विस्थापित

विराटनगर । अविरल बर्षाका कारण सिंघिया खोलामा बाढी आएपछि बस्तीमा खोला पस्दा विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका १७५ परिवार विस्थापित भएका छन् । विराटनगरमा ४५ र कटहरीमा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर महानगरपालिका–२ स्थित सरस्वती बस्तीमा बाढी पस्दा २० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । त्यस्तै विराटनगर–८ स्थित स...
मोरङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

मोरङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

विराटनगर । अविरल बर्षासँगै आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सुन्दरहरैँचा–६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । गछिया खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । अविरल बर्षाका कारण मोरङका विभिन्न स्थानमा डुवान भएको छ । कतिपय परिवार विस्थापित भएका छन् । अहिले पनि बर्ष...
धनकुटामा मदन भण्डारीको सालिकमा माल्यार्पण

धनकुटामा मदन भण्डारीको सालिकमा माल्यार्पण

धनकुटा । ७१ औं मदन जयन्तीको अवसर पारेर मंगलबार बिहान धनकुटाको मदनचोकस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गरिएको छ । नेकपा एमाले र मदन भण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा माल्यार्पण कार्यक्रम गरिएको हो । सो अवसरमा एमाले नेताहरू शकुन्तला बस्नेत, गोपाल गुरागाईं, इन्द्रमणि पराजुली, चन्द्र बस्नेत, निरेन तामाङ्ग, पर्शुराम नेपाल, मनोज राई, मञ्जु अधिकारी, तारा तितुङ्ग, राजेन्द्र बस्नेत, अर्जुन छारा ...
नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनमा दश हजार बिरामीको निःशुल्क उपचार

नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनमा दश हजार बिरामीको निःशुल्क उपचार

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी विरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाका १० हजार २ सय ४४ विरामीले निःशुल्क उपचार पाएका हुन् । नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत...
२०७९ असार १४ गते मंगलवारको राशिफल

२०७९ असार १४ गते मंगलवारको राशिफल

ई.सं.२०२२ जुन २८ नेपाल सम्बत ११४२ तछलागा चतुर्दशी (६ः१२ सम्म), असार कृष्ण औँसी तिथी(६ः१३ पछि), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण औँसी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ५ः१० बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किु पर्दा सक्खर खाएर जुनसकै दिशाको...
भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

भोजपुर । व्यवसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठ...
उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुर । निरन्तर पानी पर्न थालेपछि उदयपुरमा समयअघि धान रोपाइँ सुरु भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले समय अघिनै धान रोपाइँ सुरु गरिएको हो । निरन्तर वर्षा सुरु भएसँगै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत समय अगाडि नै रोपाइँ सुरु भएको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । ...
दार्चुलामा भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुलामा भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुला । दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो । पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले अध्ययन गरेका हुन् । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्च...
धनकुटा तीन युवा गाँजासहित सुन्दरहरैंचाबाट पक्राउ

धनकुटा तीन युवा गाँजासहित सुन्दरहरैंचाबाट पक्राउ

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बुढीपुलबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० बर्षीय सुरेन्द्र राई, २९ बर्षीय मिलन राई र बाला राई छन् । आइतवार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गरेको थियो । सोही क्रममा जेब्रा झोलामा लुकाई राखेको अवस्थ...
झापामा बोराभित्र भेटियो पुरुषको शव

झापामा बोराभित्र भेटियो पुरुषको शव

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ मा बोराभित्र एक पुरूषको शव फेला परेको छ । वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो । आइतबार बेलुका ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको जस्तो देखिन्छ । उनक...
एमबीबीएस पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ दिने

एमबीबीएस पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ दिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङ...
२०७९ असार १३ गते सोमवारको राशिफल

२०७९ असार १३ गते सोमवारको राशिफल

ई.सं. २०२२ जुन २७ नेपाल सम्बत ११४२ तछलागा चतुर्दशी, असार कृष्ण चतुर्दशी तिथीं, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण चतुर्दशी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शूल योग, विष्टी, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१० बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसकै दि...
पाख्रीवास नगरको विवादमा जुट्यो सहमति

पाख्रीवास नगरको विवादमा जुट्यो सहमति

धनकुटा । पाख्रीवास नगरपालिकामा केही दिनयता जनप्रतिनिधिहरुबीच भइरहेको विवाद अन्ततः सहमतिमा टुंग्याइएको छ । आइतवार अबेर रातीसम्म भएको छलफलबाट आपसी समझदारीमा अघि बढ्ने सहमति भएपछि विवाद टुंगिएको हो । छलफलमा प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका इन्चार्ज राजेन्द्र राईसहित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत सहभागि थिए । अब विगतका विवादित कुरालाई निरन्तरता नदिने, आपसी समझदारी गरेर अघि बढ्ने,...
पाख्रीवासमा काँग्रेस कार्यकर्ता र मेयरका समर्थकले विथोले उपमेयरको पत्रकार सम्मेलन

पाख्रीवासमा काँग्रेस कार्यकर्ता र मेयरका समर्थकले विथोले उपमेयरको पत्रकार सम्मेलन

धनकुटा। धनकुटाको पाख्रीवास नगरपालिकामा आइतवार दिउँसो उपमेयर नम्रता गौतमसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको पत्रकार सम्मेलन नेपाली काँग्रेसका कार्यकर्ता र मेयर ज्ञानबहादुर गुरुङ्गका समर्थकले विथोलेका छन् । एमाले संसदीय दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवेश गरेर कांग्रेस कार्यकर्ता र मेयर समर्थकले होहल्ला गर्दै कार्यक्रममा अवरोध पुर्याएका हुन् । काँग्रेस कार्यकर्ताको ...
लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान

लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान

धनकुटा । श्रीमानले साथ छोडेपनि आफुले दुःख गरेर हुर्काएको एक्लो छोरा १४ औं बर्ष प्रवेश गरेको दिन शनिवार धनकुटाकी रुपकला राई निकै उत्साहित थिइन् । तर, उनको त्यो उत्साह लामो समय टिकेन । साथीहरूसँग आफ्नो जन्मदिन मनाउँन गएका छोरा उदय घर फर्किएनन् । जन्म दिनमै उनी कहिल्यै नफर्किने गरी बिदा भए । उदयसँगै उनका साथी स्वर्णिम राईले पनि ज्यान गुमाए । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको ...
आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका बृद्धको शव खेतमा भेटियो

आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका बृद्धको शव खेतमा भेटियो

विराटनगर । आफन्तको जन्मदिन मनाउन झापाबाट मोरङको उर्लाबारी आएका एक बद्ध मृत भेटिएको छन् । आफन्तको जन्मदिन मनाउन आएका झापाको दमक नगरपालिका–१ का ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान खेतमा फेला परेको हो । उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी बिहान करिवसाढे ५ बजे खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
लागुऔषध दुरुपयोग रोक्न विद्यार्थीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री कार्की

लागुऔषध दुरुपयोग रोक्न विद्यार्थीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागुऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताएका हुन् । ‘प्रदेश सरकार लागु पदार्थ ...
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

इलाम । इलामको माङसेबुङ गाँउपालिका–२ दहगाँउस्थित भित्री सडक खण्डमा आज बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र माङसेबुङ–२ का ५० बर्षीय प्रकाश राई छन् । दिउँसो करिव १२ बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नंम्बरको बोलेरो सडकबाट करिव २०० मिटर तल झरेको हो । दुर्घटना...
बुढीगंगामा मोटरसाइकलको ठक्करबाट प्रिमियर वायरका सेक्युरिटी गार्डको मृत्यु

बुढीगंगामा मोटरसाइकलको ठक्करबाट प्रिमियर वायरका सेक्युरिटी गार्डको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भोजपुरको अरुण गाउँपालिका–५ का २६ बर्षीय राम श्रेष्ठ छन् । गएराती साढे ८ बजे सडक पार गर्दै गरेको अवस्थामा श्रेष्ठलाई प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको...
महोत्तरीमा १९ तोला सुन चोरी

महोत्तरीमा १९ तोला सुन चोरी

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्। स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। मिश्रको परिवार असार ६ गते विवाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो। घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको...
पोखरामा सडकसँगै भासियो घर

पोखरामा सडकसँगै भासियो घर

पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखराको फिर्केखोला नजिकै आज बिहान सडक भासिएको छ । सडक भासिँदा सडकसँगै एक घरसमेत भासिएको छ । पोखरा महानगरपालिका–४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक करिब १० मिटर सडक भासिएको हो । सडक भासिएको ठाउँमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन् ।
error: Content is protected !!