मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लाग्दा मृत्यु

मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लाग्दा मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ स्थित साथीको घरमा आएका १९ बर्षीय बिपिन बि.क. छन् । दिउँसो करिव १ बजे मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लागेर उनी घाइते भएका भएका थिए । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको...
बसबाट ओर्लिने क्रममा लड्दा बृद्धको मृत्यु

बसबाट ओर्लिने क्रममा लड्दा बृद्धको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा बसबाट ओर्लिने क्रममा लडेर आज एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७३ बर्षीय बलभद्र पराजुली छन् । बिहान ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को.१ ख ४१८८ नंम्बरको बसमा सवार रहेका पराजुली बसबाट ओर्लिने क्रममा लडेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक रतुवा...
खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ। यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित...
विराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

विराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

विराटनगर । बिराटनगर महानगरपालिका–१९ स्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेव छन् । सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएर खोजतलास गर्ने क्रममा पोखरीमा ऋषिदेव मृत फेला परेका हुन् ।
तेह्रथुममा छोराले मुस्लिले हान्दा बुबाको मृत्यु

तेह्रथुममा छोराले मुस्लिले हान्दा बुबाको मृत्यु

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलमा आज बिहान छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । २४ वर्षीय टंक भण्डारीले धान कुट्ने मुस्लिले हान्दा उनका बुबा ५३ वर्षीय भक्त बहादुरको मृत्यु भएको हो । टंकले बिहान सवा ६ बजे धान कुट्ने मुस्लिले बुबाको टाउकोमा हानेका थिए । मुस्लि प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका भक्तबहादुरलाई उपचारका लागि छथर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएक...
मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा राईमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्री राईसहित उनको परिवारका सदस्यहरु, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारी गरी १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गर्दा मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्...
२०७९ साउन १७ गते मंगलवारको राशिफल

२०७९ साउन १७ गते मंगलवारको राशिफल

ई.सं.२०२२ अगष्ट २ नेपाल सम्बत ११४२ गुंलाथ्व चतुर्थी श्रावण शुक्ल पञ्चमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल पञ्चमी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गनीु नक्षत्र, शिव योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः२७ बजे, सूर्यास्त साँझ ६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देख...
विराटनगर आउँदै गरेको बस कटारीमा पल्टियो, चालकसहित १२ जना घाइते

विराटनगर आउँदै गरेको बस कटारीमा पल्टियो, चालकसहित १२ जना घाइते

विराटनगर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्दिचरण राजमार्गमा आज दिउँसो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट बिराटनगर आउदै गरेको बा ३ ख २९५६ नम्बरको बस दिउँसो करिब २ः३० बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी बस चालक बिराटनगर–११ का ३० बर्षीय सरोज कुमार झा, पाँचथरको फिदिम–५ का २४ बर्षीय भुपेन्द्र पोखरेल, उदयपुरको कटारी–४ का ३२ बर्षीय तेजकुमार राई, मोरङको रंगेली–७ का ६० ...
मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा प्राध्यापक र कर्मचारी पुरस्कृत

मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा प्राध्यापक र कर्मचारी पुरस्कृत

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै, कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतलाई सम्मानित गरिएको छ । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रम...
धनकुटामा अविरल वर्षाका कारण घर भत्कियो

धनकुटामा अविरल वर्षाका कारण घर भत्कियो

धनकुटा । अविरल बर्षाका कारण धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा आज बिहान एउटा घर भत्किएको छ । बर्षाका कारण स्थानीय विष्णुकुमारी लिम्बुको तीन कोठे भान्सा घर भत्किएको हो । बिहान करिब ३ बजे भान्सा घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किदा त्यहाँ रहेको खाद्यान्न, भाडा लगायत सम्पूर्ण समान पुरिएका छन् । भान्सा घरसँगै रहेको बाख्राको खोर पनि पुरिदा चार वटा बाख्रा र दुई वटा पाठा मरेका छन् । त्यस्तै त...
भेडेटार–रवि–राँके सडक निर्माणमा लापरबाही, ठेकेदारलाई कारबाही गर्न सांसदहरूको माग

भेडेटार–रवि–राँके सडक निर्माणमा लापरबाही, ठेकेदारलाई कारबाही गर्न सांसदहरूको माग

धनकुटा । निर्माण कम्पनीको लापरबाहीका कारण धनकुटाको भेडेटार हुँदै पाँचथरको रवि राँकेसम्मको सडक कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रे गर्ने जिम्मा लिएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.को लापरबाहीले कालोपत्रेको काम अलपत्र मात्र भएको छैन, सो सडकमा यात्रा गर्नेहरू बर्षौदेखि सास्ती बेहोर्न वाध्य छन् । भारत सरकारमार्फत एक्जिम बैंकको २ करोड ८७ लाख ४२ हजार ५ सय २३ अमेरिकी डलर अर...
खोटाङमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । अविरल बर्षाका कारण आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको दिक्तेल–जयराम सडक खण्ड अवरुद्ध भएको हो । माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएपपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमै रोकिएका छन् । बाटो बन्द भएर सवारी आवतजाव...
२०७९ साउन १६ गते सोमवारको राशिफल

२०७९ साउन १६ गते सोमवारको राशिफल

आजको राशिफल बि.सं. २०७९ साल साउन १६ गते सोमवार ई.सं.२०२२ अगष्ट १ नेपाल सम्बत ११४२ गुंलाथ्व चतुर्थी श्रावण शुक्ल चतुर्थी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल चतुर्थी तिथी, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गनीु नक्षत्र,परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्क...
धनकुटा बहुमुखी क्याम्पसको ६८ औं स्थापना दिवस मनाइयो

धनकुटा बहुमुखी क्याम्पसको ६८ औं स्थापना दिवस मनाइयो

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको ६८ औं स्थापना दिवस मनाइएको छ । प्राध्यापक तथा कर्मचारीलाई सम्मान र क्याम्पस परिसरमा सरसफाइ गरेर स्थापना दिवस मनाइएको हो । विद्यावारिधि गर्ने पाँच जना प्राध्यापकहरूलाई सम्मानपत्र र क्याम्पसमा ३० वर्ष सेवा गरेका प्राध्यापक र कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । विद्यावारिधि गर्ने प्राध्यापकहरू डा.गोविन्दप्रसाद पोख्रेल, डा.अम्बिकाप्रसाद पौडेल, डा.य...
धनकुटामा अनेमसंघको प्रदेश भेलाः सबैको अपनत्व हुने गरी प्रदेशको नामकरण गर्न माग

धनकुटामा अनेमसंघको प्रदेश भेलाः सबैको अपनत्व हुने गरी प्रदेशको नामकरण गर्न माग

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले सबैको अपनत्व हुने गरी प्रदेश नं.१ को नामकरण गर्न माग गरेको छ । धनकुटामा आयोजित अनेमसंघको प्रदेश स्तरीय युवा भेला तथा अभिमुखीकरण कार्यक्रम समापनका अवसरमा आइतबार ७ वुँदे घोषणापत्र सार्वजनिक गर्दै संघले प्रदेशको नाम साझा अपनत्व ग्रहण गर्न सक्ने हिसाबले राख्न माग गरेको हो । पाँच वर्षसम्म प्रदेशको नामकरण हुन नसकेको प्रति संघले दुःख व्यक्त गर्दै अब तत्...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल निजामती कर्मचारी संगठनले जिल्ला अस्पताल धनकुटाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिद भएका कर्मचारीहरूको स्मृतिमा आइतबार बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, जिससका निवर्तमान प्रमुख टंक चुवान, जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठ, संगठनका अध्यक्ष रामकृष्ण सुवेदी लगायतले बिरामीलाई फलफूल वितरण ग...
झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु

झापा । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । साउन ४ गते कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा कुमरखोद सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका २३ वर्षीय राजेश कार्कीको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । मे १ च १६५४ नंम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१५ प २१४८ नंम्बरको को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ का राजेश र उनकी श्रीमती २० वर्षीय...
भोजपुरमा भूकम्पले घर भत्कियो

भोजपुरमा भूकम्पले घर भत्कियो

भोजपुर । भोजपुरमा भूकम्पका कारण एउटा घर भत्किएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको घर भत्किएको हो । आज बिहान ८ः१३ बजे खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प  गएको थियो । भूकम्प लगत्तै सो घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । ‘म बाइकमा जाँदै थिए, घर कटे लगत्तै गर्ल्याम्मै घर भत्कियो,’ उदासले संगालोखबरसँग भने, ‘एकैछिन ढिलो भएको भए मलाई नै किच्न...
अपडेट: खोटाङलाई केन्द्रविन्दू बनाएर ६ रेक्टरस्केलको भूकम्प

अपडेट: खोटाङलाई केन्द्रविन्दू बनाएर ६ रेक्टरस्केलको भूकम्प

विराटनगर । खोटाङलाई केन्द्रविन्दू बनाएर आइतवार बिहान भूकम्प गएको छ । खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर बिहान ८ः१३ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार ६ रेक्टर स्केलको भूकम्प मापन भएको छ । खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी, झापा लगायत जिल्लामा भू...
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

विराटनगर । पूर्वी नेपालमा केही समय अघि भूकम्पको धक्का महसुस भएको छ । विहान ८ः१३ मा भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत जिल्लामा धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दू र म्याग्निच्यूट पत्ता लाग्न वाँकी छ । थप विवरण आउँदै । अपडेट: खोटाङलाई केन्द्रविन्दू बनाएर ६ रेक्टरस्केलको भूकम्प
२०७९ साउन १५ गते आइतवारको राशिफल

२०७९ साउन १५ गते आइतवारको राशिफल

ई.सं.२०२२ जुलाइ ३१ नेपाल सम्बत ११४२ गुंलाथ्व तृतीय श्रावण शुक्ल तृतिया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्ष ऋतु, श्रावण शुक्ल तृतिया तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४८ मिनेट देखि १० बजे सम्म छ...
विराटनगरमा साउन १६ गते लाइसेन्सको ट्रायल

विराटनगरमा साउन १६ गते लाइसेन्सको ट्रायल

विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्रका लागि यही साउन १६ गते प्रयोगात्मक परीक्षा लिने भएको छ । साउन ११ गतेदेखि फारम भरेका सेवाग्राहीहरुबाट साउन १५ गते बायोमेट्रिक लिने, राजस्व संकलन गर्ने र मेडिकल गरिनेछ । उनीहरुको ट्रायल परीक्षा साउन १६ गते हुँने कार्यालयले जनाएको छ । पाथिभरा ड्राईभिङ स्कुलको ट्रायल सेन्टरमा ट्रायल लिइनेछ । यातायात व्यवस्था सेवा कार्या...
अबको संघ-प्रदेशको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्छौँ : अध्यक्ष नेपाल

अबको संघ-प्रदेशको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्छौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन संघीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन्। एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच द...
२०७९ साउन १४ गते शनिवारको राशिफल

२०७९ साउन १४ गते शनिवारको राशिफल

ई.सं. २०२२ जुलाइ ३० नेपाल सम्बत ११४२ गुंलाथ्व द्घितीय श्रावण शुक्ल द्धितीया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल द्धितीया तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्लेषा नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः२५ बजे, सूर्यास्त साँझ ६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ६ मिनेट द...
धनकुटा बजारबाट लागुऔषधसहित एक जना पक्राउ

धनकुटा बजारबाट लागुऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटा बजारबाट लागुऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका–५ घर भई धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्दै आएका २८ बर्षीय राकेश राई छन् । प्रहरीलाई शंका लागेर विहान साढे ११ बजे राईको कोठामा खान तलासी लिँदा प्रहरीले उनको साथबाट १७ हजार रुपैयाँ फेला पारेको हो । सोधपुछका क्रममा राईले अञ्जु विश्वकर्माको कोठामा लागुऔषध लुकाएको बताएका थिए । प्रहरीले विश्वकर्मा...
स्वास्थ्य मन्त्रीको सल्लाहकारमा डा.कटुवाल नियुक्त

स्वास्थ्य मन्त्रीको सल्लाहकारमा डा.कटुवाल नियुक्त

धनकुटा । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्य सल्लाहकारमा डा.खगेन्द्र कटुवाल नियुक्त भएका छन् । तेह्रथुमको छथर गाउँपालिका–५ घर भएका डा.कटुवाललाई मन्त्री खापुङले सल्लाहकार नियुक्त गरेका हुन् । होमियोप्याथी एशोसिएसनका अध्यक्षसमेत रहेका डा.कटुवाल धनकुटास्थित भावना होमियो हस्पिटलका सञ्चालक पनि हुन् । यसअघि नेकपा एमालेमा रहेका कटुवाल नेकपा एकीकृत समाजवादीमा गएका थिए । एकीकृत...
मोरङको बुढिगंगाबाट हरिणको सिङसहित एक जना पक्राउ

मोरङको बुढिगंगाबाट हरिणको सिङसहित एक जना पक्राउ

विराटनगर । मोरङको बुढिगंगा गाँउपालिका–१ गोकुवाबाट हरिणको सिङसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४६ बर्षीय संखर ऋषिदेव छन् । गएराती १० बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट २ थान हरिणको सिङ बरामद गरेको छ । पक्राउ परेका ऋषिदेवको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भद्रपुर नगरपालिका–७ का ४० बर्षीय भोटलाल गणेश राजबंशी छन् । उनी मेचीनगर नगरपालिका–४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भवन बनाउने मजदुर हुन् । सोही निर्माणाधिन भवन नजिकै रहेको खोल्सीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भए...
पोखरामा आजदेखि मेयर सम्मेलन

पोखरामा आजदेखि मेयर सम्मेलन

पोखरा । देशका छ वटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु हुने भएको छ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगञ्ज महानगर प्रमुख राजेशमा सिंह पोखराम...
लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । इजलासले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा ७२ दशमलव १९ प्रतिशत मुद्दा फर्स्यौट भएको जानकारी दिइएको हो । इजलासले ५० प्रतिशत मुद्दा फर्स्यौटको लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा जिम्मेवारी सरेका १ सय ५८ वटा, नयाँ दर्ता भएका १ सय ७७ वटा मुद्दा फर्स्यौट गरिएको अदालतका न्यायाधीश ...
२०७९ साउन १३ गते शुक्रवारको राशिफल

२०७९ साउन १३ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ जुलाइ २९ नेपाल सम्बत ११४२ गुंलाथ्व पारु श्रावण शुक्ल प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्धि योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ७ः२५बजे, सूर्यास्त साँझ ६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ६ मिनेट देखि ...
error: Content is protected !!