जापानको टोकियोमा धनकुटाका युवाको मृत्यु
धनकुटा । जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ६ महिनाअघि जापान पढ्न गएका धनकुटाका २७ वर्षीय अनिष कटुवालको मृत्यु भएको हो ।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ को दिन उनी आफ्नै कोठामा मृत फेला परेका थिए । पानी जमाएर नुहाउने भाडामा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन् ।
अनिषका साथीहरु नयाँ वर्ष मनाउन बाहिर गएका थिए । उनीहरु बिहान कोठामा फर्कँदा पानीमा डुबेर अनिष...



























