
विराटनगर । विराटनगर महानगरपालिका-७ बाट प्रहरीले १० लाख मूल्य बराबरको कपडा र किराना सामान बरामद गरेको छ । आज बिहान करिब १० बजे बेवारिसे अवस्थामा प्रहरीले सामान बरामद गरेको हो ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार नौ लाख ५७ हजार मूल्य बराबरको कपडा र ५४ हजार मूल्य बराबरको किराना सामान बरामद भएको छ ।
बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा पठाइएको डीएसपी चुडालले जानकारी दिइन् ।

संगालोखबर 













