
धनकुटा । धनकुटामा प्रहरीले तीन हजार गाँजाको बोट नष्ट गरेको छ । सोमबार सहिदभूमि गाउँपालिका-३ को विभिन्न स्थानबाट प्रहरीले गाँजाको बोट नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बारीमा प्राकृतिक रूपमा उम्रिएको गाँजाको बोट फडानी गरेर जलाएर नष्ट गरिएको छ । करिब साढे १ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













