सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकास राईको शव भीरमा भेटिएको छ । आपराधिक पृष्ठभूमिका उनको शव भीरमा भेटिएको प्रहरीले जनाएको छ । चिचिला गाउँपालिका-३ स्थित भीरबाट सडेको अवस्थामा उनको शव निकालिएको सङ्खुवासभा प्रहरीले जनाएको छ । हिजो साँझ भीरमा शव रहेको थाहा भएपनि आज बिहान मात्रै शव निकालिएको हो । घटनाको प्रकृति हेर्दा हत्या गरेर भीरबाट शव फ्याँकेको प्रष्ट हुने प्रहरीले ज...
मानव तस्करको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ 

मानव तस्करको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ 

विराटनगर । कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करको आरोप लागेका अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरिएको हो । उनलाई आज केहीबेरमा विमानमार्फत काठमाडौं लग्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका उनलाई मानव तस्करको आरोप लागेको छ ।
ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ को सिमानामा रहेको लेगुवा झरना ओझेलमा परेको छ । प्रचारप्रसार र संरक्षणको अभावमा यो झरना ओझेलमा परेको हो । स्थानीय सरकारले प्रचारप्रसार र संरक्षणमा ध्यान दिएमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

विराटनगर । धनकुटा र भोजपुरमा अवैध रूपमा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरगत गाँजाको बोट नष्ट गरिएको हो । अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका ३८ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलील...
पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा झडप

पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा झडप

विराटनगर । पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप भएको छ । आज दिउँसो केबलकारको स्टेसन बनाउनलाई शिलान्यास कार्यक्रम राखिएको थियो । तल्लोफेदीस्थित काफ्ले पाटीमा राखिएको शिलान्यास कार्यक्रममा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अम...
धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटा । केही वर्ष पहिलासम्म पितृको सम्झनामा पाटीपौवा र चौतारा बनाउने चलन थियो । उक्त स्थानमा वर पीपल पनि रोपिन्थ्यो । तर पछिल्लो समय यो चलन हराउँदै गएको छ । विकास निर्माण, बढ्दै गएको आधुनिकता, शहरीकरण र यातायातको विस्तारले नेपालीको मौलिक संस्कृति तथा परम्परा लोप हुँदै गएको हो । धनकुटाका धेरै स्थानमा निर्माण भएका पाटीपौवा र चौतारा संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । रोपिएका वरपीपल पनि मासिन थ...
झापामा जुवा खालबाट १८ जना पक्राउ

झापामा जुवा खालबाट १८ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-११ नहर चोक स्थित चन्द्रमणि रिमालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । हिजो इलाका प्रहरी कार्यालय लाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शिवसताक्षी-५ का मुकेश राउत, गौरीगञ्ज गाउँपालिका-१ का ४७ वर्षीय हरी राजवंशी, शिवसताक्षी-११ का ६२ वर्षीय...
विराटनगरमा छठ पर्वको रौनक (फोटो फिचर) 

विराटनगरमा छठ पर्वको रौनक (फोटो फिचर) 

विराटनगर । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । खोला, नदी र तलाउ बेहुली झैँ सिँगारिएको छ । धेरैजसो व्रतालुहरू आज पूजा गरेकै स्थानमा जाग्राम बस्ने गर्दछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुन्छ । विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा समेत मनाउने क्रम बढेको छ । त...
सङ्गिनी नाच संरक्षणमा लागे पथरी शनिश्चरेका महिला

सङ्गिनी नाच संरक्षणमा लागे पथरी शनिश्चरेका महिला

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका महिलाहरू सङ्गिनी नाच संरक्षणमा जुटेका छन् । पछिल्लो समय नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयातित बाजागाजा, लय आदिको प्रभावले लोप हुन लागेको सङ्गिनी नाच जगेर्नामा महिलाहरू सक्रिय भएका हुन् । पथरी शनिश्चरे-३ का महिलाहरू समूह नै बनाएर नयाँ पुस्तालाई सङ्गिनी नाचको बारेमा जानकारी गराउँदै पुस्तान्तरण गर्न लागि परेका छन् । सङ्गिनी नाचको बारेमा थप अध्...
पर्खालले किच्दा नाबालिकाको मृत्यु

पर्खालले किच्दा नाबालिकाको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । हिजो साँझ कसरलाल ताजपुरियाकी दुई वर्षीया छोरी शोभालाई पर्खालले किचेको थियो । आफ्नै घरमा इँटाबाट बनेको मन्दिरको पर्खाल भत्किएर किच्दा नाबालिका घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान ...
मोरङ प्रहरीद्वारा जुवा खालमा छापा, २० जना पक्राउ

मोरङ प्रहरीद्वारा जुवा खालमा छापा, २० जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले जुवा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ । गएराति विराटनगर र कटहरीको जुवा खालबाट २० जनालाई पक्राउ गरिएको हो । विराटनगर-६ भट्टी मोडबाट विशाल देवान राईको घरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति ११ः३० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । विराटनगर-२ का ३६ वर्ष...
सुदूरपश्चिमले जित्यो वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

सुदूरपश्चिमले जित्यो वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

विराटनगर । विराटनगरमा सञ्चालित नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै साबिक विजेता सुदूरपश्चिमले उपाधि जितको हो । यस अघि २०२२ मा पनि सुदूरपश्चिमले उपाधि जितेको थियो । त्यतिबेला र अहिले संयोगले फाइनलमा लुम्बिन...
पाँचथरमा जुवा खालबाट तीन जना पक्राउ

पाँचथरमा जुवा खालबाट तीन जना पक्राउ

पाँचथर । पाँचथरमा जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । फिदिम नगरपालिका-२ पल्लोटारबाट प्रहरीले कौडा र नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । जुवा खेलिरहेको अवस्थामा ५६ वर्षीय खेम अधिकारी, ३१ वर्षीय मदन अधिकारी र ४० वर्षीय हिमाल नेम्वाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गएराति पक्राउ परेका उनीहरूको साथबाट ६० हजार नगद र १६ थान कौडा बरामद भएको जिल्ला प्रहरी कार्यालय पाँचथ...
यू-१९ राष्ट्रिय क्रिकेट : कोशी र सुदूरपश्चिम विजयी 

यू-१९ राष्ट्रिय क्रिकेट : कोशी र सुदूरपश्चिम विजयी 

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा  सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२ ओभरमा सबै विकेट गुमाउँदै एक सय १९ रनको झिनो योगफल बनाएको थियो । मधेशले ४३ दशमलव ४ ओभरमा सबै व...
यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी   

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी   

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी  भएका छन् । बिहीबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।   टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ३६.५ बलमा सबै विकेट गुमाएर एक सय दुई रन बनाएको थियो । सुदूरपश्चिमले...
धनकुटाका जोर धरहरा : कसले किन बनाए ?

धनकुटाका जोर धरहरा : कसले किन बनाए ?

धनकुटा । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलको पूर्वोत्तर दिशामा गोल पोष्टसँगै दुई स्तम्भ छन् । जुन स्तम्भ जोर धरहराका नामले परिचित छन् । यी स्तम्भलाई काठमाडौंको समकालीन धरहराका रूपमा लिइन्छ । तर यी धरहराको कुनै अभिलेख भने भेटिएको छैन । करिब १० फिट अग्ला जोर धरहराबाट कुनै बेला आर्मीहरूले कवाज हेर्ने र समस्या पर्दा बिगुल फुक्ने गरेको जानकारहरू बताउँछन् । २०७२ सालको भुकम्पले भत्काएको काठमाडौं धरहर...
बर्जुबाट दुई सय ९५ किलो गाँजासहित एक जना पक्राउ

बर्जुबाट दुई सय ९५ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले २० वर्षीय शङ्कर मण्डललाई पक्राउ गरेको हो । उनलाई दुई सय ९५ किलो गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो । हिजो साँझ अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइटमा काम सकेर फर्किने क्रममा एचपी ११-४९३३ नम्बरको भल्भो टिपर दुर्घटना भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय योगे...
आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा

आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा

विराटनगर । तिहारको तेस्रो दिन आज कुकुर पुजा र लक्ष्मी पूजा गरिदै छ । तिथिको घटबढका कारण आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा परेको हो । दशैँपछि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हो । यमपञ्चक अर्थात् दीपावली पनि भनिने यो चाडमा कुकुर तिहार दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण आज तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार आज बिहान कुकुर पूजा गरेर ब...
यू-१९ राष्ट्रिय क्रिकेटः लुम्बिनी र गण्डकी विजयी

यू-१९ राष्ट्रिय क्रिकेटः लुम्बिनी र गण्डकी विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई ९९ रनको झिनो योगफल बनायो । कर्णालीका अरविन्द...
च्याउ फर्ममा लागेको आगो तीन घण्टापछि नियन्त्रण

च्याउ फर्ममा लागेको आगो तीन घण्टापछि नियन्त्रण

धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा लागेको आगो नियन्त्रण भएको छ । आज अपरान्ह करिब ४ बजेबाट सुरु भएको आगलागी साँझ करिब ७ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन दमकल, प्रहरी र स्थानीयवासीलाई तीन घण्टा लागेको थियो । कमल राईले सो च्याउ फर्म सञ्चालन गरेका हुन् । च्याउ खेतीका लागि राखिएको परालमा धेरै क्षति पुगेको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको...
पात्लेखोलाको च्याउ फर्ममा आगलागी

पात्लेखोलाको च्याउ फर्ममा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा आगलागी भएको छ । कमल राईले सञ्चालन गरेको फर्ममा आज अपरान्ह करिब ४ बजेबाट आगलागी सुरु भएको हो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘दुई वटा दमकलसहित प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन्,’ प्रहरी निरीक्षक खड्काले संगालोखबर...
पाख्रीवासमा पहिरोका कारण परिवार गुमाएकालाई एमालेद्वारा एक लाख सहयोग

पाख्रीवासमा पहिरोका कारण परिवार गुमाएकालाई एमालेद्वारा एक लाख सहयोग

धनकुटा । पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले मङ्गलबार तामाङको परिवारलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो । एमाले नेताहरूले तामाङको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग रकम प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चा...
यु १९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र मधेश प्रदेशलाई सफलता

यु १९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र मधेश प्रदेशलाई सफलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सबै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो ...
विराटनगरको बरगाछी-रानी सडक सिँगार्न बैङ्कहरूले दिए २२ लाख, अझै उठ्दै

विराटनगरको बरगाछी-रानी सडक सिँगार्न बैङ्कहरूले दिए २२ लाख, अझै उठ्दै

विराटनगर । विराटनगरको बरगाछी-रानी सडक सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले २२ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अझै रकम उठ्ने क्रम जारी छ । आज पनि हिमालयन बैंकले दुई लाख सहयोग गरेको छ । बैंकको प्रदेश कार्यालयको तर्फबाट प्रदेश प्रमुख सन्तोष पराजुलीले विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई चेक प्रदान गरेका हुन् । सो परियोजनाका लागि हालसम्म १३ वटा बैंक तथा वि...
विराटनगरमा मंसिर २२ गते काँग्रेसको प्रदेश सम्मेलन हुने

विराटनगरमा मंसिर २२ गते काँग्रेसको प्रदेश सम्मेलन हुने

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते विराटनगरमा हुने भएको छ । प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा आज बसेको काँग्रेस प्रदेश समितिको पूर्ण बैठकले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र रा...
आफैँ निम्त्याउँदै जोखिम

आफैँ निम्त्याउँदै जोखिम

विराटनगर । मोटरसाइकल चालकले अनिवार्य हेलमेट लगाउनु पर्छ । यो आफ्नै सुरक्षाका लागि हो । तर विराटनगर-१८ आईसीपी क्षेत्रमा भने भारतीय र नेपाली दुवै नम्बर प्लेटका मोटरसाइकल चालकले हेलमेट लगाएको पाइँदैन । मोटरसाइकल चालक भन्सार एजेन्ट र कर्मचारी हुन् । उनीहरू फाइल चेकजाँच गराउन एक स्थानबाट अर्को स्थानमा जाँदा हेलमेट बिना नै मोटरसाइकल कुदाउँछन् । जुन दृष्य जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख राजन लम्स...
दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति 

दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति 

झापा । झापामा रोगका कारण दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति भएको छ । ‘डर्टी पेनिकल’ नामक रोगका कारण झापाका पाँच पालिकाको दुई सय बिघामा लगाइएको धानमा क्षति पुगेको हो । भद्रपुर, हल्दीबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही ठाउँमा यो रोग देखा परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो रोगले धान उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने छ । रोगका कारण बाला निस्कने बेल...
खसीको भन्दै बाख्राको मासु बेचेपछि…

खसीको भन्दै बाख्राको मासु बेचेपछि…

सिरहा । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बेचेको पाइएपछि जरिवाना गराइएको छ । लहान नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा खसीको भन्दै बाख्राको मासु बेचेको पाइएको थियो । यसरी बाख्राको मासु बेच्नेलाई पाँच हजार जरिवाना गरिएको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले जानकारी दिए । ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको पाइएपछि  ११ हजार जरिवाना गरिएको उनले बताए ...
धनकुटामा यसरी गरियो भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर) 

धनकुटामा यसरी गरियो भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर) 

धनकुटा । धनकुटामा भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म छिन्ताङको सहकार्यमा अभ्यास गरिएको हो । भिडभाड र आन्दोलनलाई ध्यानमा राखेर अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । हुलदंगालाई नियन्त्रणमा लिदाँ सकेसम्म क्षति हुन नदिने र भएमा कसरी न्यून गर्ने भने...
राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रानले राजारानीमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २७ गतेबाट प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र यूकेको भेट्रा...
error: Content is protected !!