कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने
विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।
विपत्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जनाएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर...































