
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ शान्तिचोकबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । विराटनगरबाट गएको सार्वजनिक यातायातमा चेकजाँच गर्दा प्रहरीले कपडा बरामद गरेको हो ।
बरामद भएको कपडाको मूल्य करिब २ लाख ५७ हजार ८ सय पर्ने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद भएको लत्ताकपडा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
आवश्यक कारबाहीका लागि कपडा सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















